स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ४, २०८०
|
|
५६ पटक हेरिएको
Shares
स्वस्थ छालाका लागि घरमै बनाउनुहोस् दाग धब्बा हटाउने सिरम

सारांश

  • उचित हेरचाह नहुँदा छालाको नमी हराउन थाल्छ, सुख्खापन आउन थाल्छ र अनुहारमा दागहरू देखिन थाल्छन् ।
  • यस्तो अवस्थामा यदि तपाईं छालामा सिरम प्रयोग गर्नुहुन्छ भने, तपाईंले धेरै फाइदा लिन सक्नुहुन्छ ।
  • तर यसको लागि तपाईंले बजारबाट महँगो सिरम किन्नु पर्दैन ।

बदलिँदो मौसममा छालाको विशेष ख्याल राख्न जरुरी हुन्छ । उचित हेरचाह नहुँदा छालाको नमी हराउन थाल्छ, सुख्खापन आउन थाल्छ र अनुहारमा दागहरू देखिन थाल्छन् । यस्तो अवस्थामा यदि तपाईं छालामा सिरम प्रयोग गर्नुहुन्छ भने, तपाईंले धेरै फाइदा लिन सक्नुहुन्छ । तर यसको लागि तपाईंले बजारबाट महँगो सिरम किन्नु पर्दैन । तपाईं घरमा नै निकै सजिलै फेस सिरम बनाउन सक्नुहुन्छ । आज हामी तपाईंलाई यो बनाउने तरिकाबारे जानकारी दिँदै छौँ ।

घरमा बनाउनुहोस् फेस सिरम

सामग्री
  • एउटा चुकन्दर
  • एउटा गाजर

फेस सिरम बनाउने तरिका

सबैभन्दा पहिला आधा गरी काटेको चुकन्दर लिनुहोस् र यसको बोक्रा निकालेर कोरेसोमा कोर्नुहोस् । अब अर्को एउटा गाजर पनि लिनुहोस् र यसलाई पनि सफा गरेर  कोर्नुहोस् । अब एउटा कचौरामा बराबर मात्रामा यी दुई चिज हाल्नुहोस् ।  चाहनुहुन्छ भने घण्टी फूलका पातहरू पनि यसमा मिसाउन सक्नुहुन्छ । अब यसमा जैतुनको तेल वा बदामको तेल बराबर मात्रामा मिसाउनुहोस् र यसलाई राम्रोसँग मिलाउनुहोस् ।

अब यसलाई हामीले डिफ्युज गर्नुपर्ने हुन्छ । यसका लागि तपाईं एक हप्तासम्म घाममा राखिदिनुहोस् वा तुरुन्त बनाउनका लागि एउटा कराई लिनुहोस् वा यसमा आधा कप पानी हाल्नुहोस् ।  अब रुमाल वा कपडालाई फोल्ड गर्नुहोस् र बीचमा राख्नुहोस् । त्यसपछि उक्त कपडामा त्यो सम्मिश्रण राखिएको कचौरा राख्नुहोस् । चम्चाले चलाइराख्नुहोस् । १५ मिनेट पछि तपाईंले तेलको रङ गाढा भएको देख्नुहुनेछ । अब यसलाई सफा पातलो कपडाले छानेर भाँडोमा राख्नुहोस् । त्यसपछि तपाईंको सिरम तयार भयो । अब यसलाई सधैँ अनुहारमा प्रयोग गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले १७८ रन बनाउँदा भारतविरुद्धको खेल वर्षाले अवरुद्ध
नेपालले १७८ रन बनाउँदा भारतविरुद्धको खेल वर्षाले अवरुद्ध
कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टर (तस्वीरहरु)
कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टर (तस्वीरहरु)
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
समयमै गुणस्तरीय काम गर्नुस्, शान्ति सुरक्षाको व्यवस्था सरकारले गर्छ : गृहमन्त्री लेखक
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ
प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका
दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव
दुर्गम र पिछडिएका क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँछौं – मन्त्री यादव
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
सुदूरपश्चिमविरुद्ध जनकपुरको कप्तान परिवर्तन, पहिले ब्याटिङ गर्ने
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
र्याप ब्याटलदेखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड
वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख राहत पाउने
वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख राहत पाउने