ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

सारांश

  • झापाको दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
  • आज बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोभी बोकेको प्र१–०२–००२ ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
  • दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् ।

३ भदौ, झापा ।

झापाको दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोभी बोकेको प्र१–०२–००२ ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् ।

गौतमको दमक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । त्यसैगरी, मोटरसाइकलमा सवार गौतमकी श्रीमती ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको प्रनाउ खड्काले बताए । दुर्घटनापछि ट्रक चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पा, ट्रक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
बझाङमा अज्ञात समुहद्वारा नेपाल टेलिकमकाे टावरमा तोडफोड, सञ्चार सेवा अवरुद्ध
२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने
२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने
गाजामा इजरायली हमला, पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
गाजामा इजरायली हमला, पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द
पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै
दुई छोरी तीन ज्वाँईसँग सल्लाह गरेर पेरिसडाँडा निस्किएका थिए प्रचण्ड
दुई छोरी तीन ज्वाँईसँग सल्लाह गरेर पेरिसडाँडा निस्किएका थिए प्रचण्ड
सर्वोच्चले माग्यो बेचन झा मुद्दाका कागजात
सर्वोच्चले माग्यो बेचन झा मुद्दाका कागजात
पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं
पानी संकटः अन्नको भण्डार मधेसमा असार सकिँदा ३६ प्रतिशत मात्रै धान रोपाईं