त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका २ जनालाई काठमाडौँ पठाइयो
सारांश
- त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका २ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाएको छ ।
- ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनको आज उद्धार भएको थियो ।
- शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए ।
१९ भदौ, काठमाडौं ।
त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका २ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाएको छ । ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनको आज उद्धार भएको थियो । शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत रहेका थिए ।

उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।बाढी आएको १० औं दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले उनीहरुको उद्धार गरेको हो । सुरुङभित्रबाट थप आवाज सुनिएकोले उद्धार टोली भित्र प्रवेश गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया