राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रिय जनमोर्चाले घोषणा गर्‍यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम

सारांश

  • गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
  • शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी चैत २४ गतेदेखि ३० गतेसम्म साप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सञ्चालन गर्ने घोषणा सो पार्टीले गरेको हो ।
  • घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र आर्थिक स्थायीत्वका लागि संघीयता ठूलो बोझ भएको भन्दै खारेजी जरुरी रहेको बताए ।

२२ चैत, काठमाडौं ।

गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आगामी चैत २४ गतेदेखि ३० गतेसम्म साप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सञ्चालन गर्ने घोषणा सो पार्टीले गरेको हो । घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रियता र आर्थिक स्थायीत्वका लागि संघीयता ठूलो बोझ भएको भन्दै खारेजी जरुरी रहेको बताए ।

‘गणतन्त्र नेपाली जनताले ठूला सङ्घर्ष र बलिदानपछि स्थापित गरेका हुन् । यसलाई ध्वस्त पार्ने षड्यन्त्रलाई परास्त गर्न हामी निरन्तर संघर्षरत छौं,’ केसीले भने, ‘संघीयता नेपालको राष्ट्रियता र आर्थिक स्थायित्वका लागि ठूलो बोझ बनेको छ, त्यसैले यसको खारेजी जरुरी छ ।’ पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सन्देश, फागुन २५ गते आयोजित राजावादी शक्ति प्रदर्शन, र चैत्र १५ गतेको हिंसात्मक घटनालाई प्रतिगमनको गम्भीर संकेतको रुपमा व्याख्या गरे । त्यस्तै, राष्ट्रिय जनमोर्चाले सम्पूर्ण गणतन्त्रवादी शक्तिहरूबीच सहकार्यको आवश्यकता औंल्याएको छ ।

आन्दोलन अन्तर्गत प्रत्येक दिन राजधानीका विभिन्न स्थानमा जुलुस, सभा, सांस्कृतिक कार्यक्रम र प्रचारात्मक अभियान सञ्चालन गरिने बताइएको छ । सभा हुने प्रमुख स्थानहरूमा शान्तिबाटिका (रत्नपार्क), चाबहिल चोक, माइतीघर मण्डला, गोंगबु चौक, न्यूरोड (भूगोल पार्क) र भृकुटीमण्डप रहेका छन् । प्रत्येक दिन दिउँसो २ बजे हुने कार्यक्रममा प्रमुख वक्ताका रूपमा अध्यक्ष चित्रबहादुर केसी, नेता बोमबहादुर खत्री, महासचिव मनोज भट्ट, ने.क.पा. (मसाल) लुम्बिनी प्रदेश प्रवक्ता तिलक जिसी, सल्लाहकार आनन्द शर्मा तथा उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
चौतर्फी आलोचना पछि गृहमन्त्री लेखकले दिए राजीनामा
‘डार्क फाइल’लाई फेक अडियो पठाउने तिमल्सिना पक्राउ
‘डार्क फाइल’लाई फेक अडियो पठाउने तिमल्सिना पक्राउ
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
कार्यभार सम्हाल्दै शाक्यले भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु
कार्यभार सम्हाल्दै शाक्यले भने : अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी घिमिरेलाई
कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री
कांग्रेसबाट मलाई पूरै सहयोग भएको छ, म पनि गर्छु : प्रधानमन्त्री
डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल
डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
सबै स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौंः प्रधानमन्त्री ओली
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू
स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन- नर्सको समस्या तत्काल समाधान गर्नू
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायमा पुग्यो
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न १८ निकायमा पुग्यो