Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तत्काल कसैलाई कार्यवाहक दिने पक्षमा छैनन् देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
३९ पटक हेरिएको
Shares
तत्काल कसैलाई कार्यवाहक दिने पक्षमा छैनन् देउवा

सारांश

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल कसैलाई कार्यवाहक नदिने बताएका छन् ।
  • कार्यवाहक सभापति दिएर महाधिवेशनमा जाने विषयमा चर्चा परिचर्चा भइरहँदा देउवाको सचिवालयले अहिलेसम्म कार्यवाहक दिने विषयमा कुनै छलफल नै नभएको बताएको हो ।
  • देउवाका स्वकीय सचिव भानु देउवाले कार्यवाहक दिने विषयमा कुनै छलफल नै नभएको बताए ।

२७ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल कसैलाई कार्यवाहक नदिने बताएका छन् । कार्यवाहक सभापति दिएर महाधिवेशनमा जाने विषयमा चर्चा परिचर्चा भइरहँदा देउवाको सचिवालयले अहिलेसम्म कार्यवाहक दिने विषयमा कुनै छलफल नै नभएको बताएको हो । देउवाका स्वकीय सचिव भानु देउवाले कार्यवाहक दिने विषयमा कुनै छलफल नै नभएको बताए ।

‘अहिलेसम्म कार्यवाहक दिने विषयमा छलफल नै भएको छैन,’ स्वकीय सचिव भानुले रातोपाटीसँग भने, ‘तयारी पनि केही गरिएको छैन ।’ मंगलबार बोलाइएको केन्द्रीय समिति बैठकमा भने देउवा उपस्थित हुनेछन् । गत भदौ २४ को जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीबाट कुटिएका सभापति देउवा अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । स्वकीय सचिव भानुले मंगलबारको केन्द्रीय समिति बैठकमा देउवा सहभागी हुने जानकारी दिए । बैठकमा उपस्थित भएर सम्बोधन गर्ने देउवाको तयारी छ । पार्टीका एक पदाधिकारीका अनुसार बैठक लामो समयसम्म चल्यो भने आफू उपस्थित भएर सम्बोधन गर्ने र बैठकभरका लागि मात्रै कार्यवाहक दिनसक्ने विषयमा भने कुराकानी भइरहेको छ ।

तर, महाधिवेशन नहुञ्जेलसम्मका लागि कार्यवाहक दिने सोचमा देउवा नरहेको ती पदाधिकारीले  बताए । आगामी मंसिर मसान्तमा देउवाको चार वर्षे कार्यकाल समाप्त हुँदै छ । देउवा अब पार्टी विधान अनुसार सभापतिमा दोहोरिन पाउँदैनन् । देउवा स्वयंले गत वर्षदेखि नै आफूले राजनीतिमा अब अवकाश लिने बेला भएको बताउँदै आएका छन् । मंगलबार बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने र त्यो महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने पक्षमा देउवा रहेका उनलाई पछिल्लो समय भेटेका नेताहरू बताउँछन् । जेनजी आन्दोलनपछि गत भदौ २८ गते, असोज ३ गते र असोज २३ गतेदेखि दैनिक रूपमा बसिरहेको पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समिति बैठकको सभापतित्व उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् ।

मंगलबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकको मुख्य एजेन्डा महाधिवेशन छ । प्रवक्ता डा. प्रकाश शरण महतले शनिवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले कार्यवाहक दिने विषयमा कुनै चर्चा नभएको बताएका थिए । तर, पूर्वउपसभपाति विमलेन्द्र निधि र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भने देउवाले कार्यवाहकको जिम्मेवारी दिनुपर्ने बताइरहेका छन् । देउवाका विश्वासपात्र मानिने केन्द्रीय सदस्य उदयशमशेर राणाले आइतबार महाधिवेशन गर्ने गरी कार्यवाहकको जिम्मेवारी दिन सभापति देउवालाई सुझाव दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट खारेज
डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट खारेज
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
अख्तियारमा एक वर्षमा २१ हजार उजुरी
अख्तियारमा एक वर्षमा २१ हजार उजुरी
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
गगन थापाविरुद्धको अवहेलना मुद्दा सर्वोच्चमा दर्ता, मंगलबार पेशी
शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार जनतालाई छ : राष्ट्रपति
शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार जनतालाई छ : राष्ट्रपति
मधेस प्रदेशका आठै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै
मधेस प्रदेशका आठै जिल्लामा जसपाको विस्तारित बैठक बस्दै
मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब
मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो
एमाले सांसद भन्छन्- बेरुजुका कारण सरकारको कार्यक्षमतामागि प्रश्न उठ्यो