मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २४, २०८३
|
|
२६६ पटक हेरिएको
Shares
मधेशका मुख्यमन्त्रीले निजी सचिवालयमा १० जना राखेपछि कर्मचारीले रोके तलब

सारांश

  • मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले निजी सचिवालयमा १० जना नियुक्ति गरेपछि कर्मचारीले तलब नै रोकिदिएका छन् ।
  • यादव १९ मंसिरमा मुख्यमन्त्री बनेपछि आफ्नो सचिवालयमा स्वकीय सचिव, कम्युटर अपरेटर, सवारीचालक र कास लगायत १० जना नियुक्त गरेका थिए ।
  • मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सचिवालयमा स्वकीय अधिकृतमा कमलदेव यादव, कम्युटर अपरेटरमा महेश्वर चौधरी, चालकमा दिवस दुलाल, कार्यालय सहयोगीमा विद्यालाल राउत, संजितकुमार यादवलगायत १० जना नियुक्त छन् ।

२४ वैशाख, जनकपुरधाम ।

मधेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले निजी सचिवालयमा १० जना नियुक्ति गरेपछि कर्मचारीले तलब नै रोकिदिएका छन् । यादव १९ मंसिरमा मुख्यमन्त्री बनेपछि आफ्नो सचिवालयमा स्वकीय सचिव, कम्युटर अपरेटर, सवारीचालक र कास लगायत १० जना नियुक्त गरेका थिए । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सचिवालयमा स्वकीय अधिकृतमा कमलदेव यादव, कम्युटर अपरेटरमा महेश्वर चौधरी, चालकमा दिवस दुलाल, कार्यालय सहयोगीमा विद्यालाल राउत, संजितकुमार यादवलगायत १० जना नियुक्त छन् ।

मधेश प्रदेशको मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ मा स्वकीय सचिवसहित १४ जनासम्म मुख्यमन्त्रीले सचिवालयमा राख्न सक्छन् । तर जेनजी आन्दोलन पश्चात नेपाल सरकारको ५ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तीनै तहको सरकारले गर्नुपर्ने खर्च कटौतीबारे निर्णय गरेको थियो । नेपाल सरकारको अर्थ मन्त्रालयले ७ असोजमा तीनै तहको सरकारलाई गरेको परिपत्रको बुँदा नम्बर ५ को (ट) मा ‘नेपाल सरकार, प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको सचिवालयमा बढीमा तीनजना मात्र नियुक्त गर्न सक्ने’ उल्लेख छ ।

तर, मुख्मयन्त्रीले १० जना सचिवालयमा राखेपछि मुख्यमन्त्री कार्यालयका कर्मचारीले उनीहरूलाई तलब खुवाउन मानेका छैनन् । मुख्यमन्त्री यादवले करिब २ महिना अगाडि तलब खुवाउन फाइल लेखाशाखामा पठाएका थिए । तर, तीनजना भन्दा बढीको तलब खुवाउन नमिल्ने कर्मचारीले अडान लिएका छन् । ‘संघीय सरकारले सचिवालयमा तीनजना भन्दा बढी नियुक्त गर्न नपाइने परिपत्र गरेको छ । हाम्रो मुख्यमन्त्रीजीले १० जना नियुक्त गर्नु भएको छ । यो संघीय सरकारको परिपत्र विपरीत हो,’ एक कर्मचारीले भने, ‘तलब खुवाइयो भने कर्मचारी जिम्मेवार हुनुपर्छ । भोलि फस्ने डर छ । त्यसकारण त्यो फाइल अड्केको हो ।’ केही दिनअघि मुख्यमन्त्री यादवले सञ्चारकर्मीसँगको भेटघाटमा आफ्नो सचिवालयका कर्मचारीले अहिलेसम्म तलबभत्ता खान नपाएको गुनासो गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
सर्लाहीको बरहथवामा गोली चल्यो, इन्स्पेक्टरसहित तिन घाइते
सर्लाहीको बरहथवामा गोली चल्यो, इन्स्पेक्टरसहित तिन घाइते
शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द
शीतलहरका कारण रौतहटका अधिकांस विद्यालय बन्द
तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
पर्साका तत्कालीन मालपोत अधिकृतसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
भरतपुर महानगरपालिकाले दिए विद्यालयहरुमा सार्वजनिक बिदा
भरतपुर महानगरपालिकाले दिए विद्यालयहरुमा सार्वजनिक बिदा
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने