सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २४, २०८३
|
|
६२ पटक हेरिएको
Shares
सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

सारांश

  • सुर्खेतका तीन स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
  • विशेष सूचनाका आधारमा प्रहरीले चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाका विभिन्न जंगलमा खोजतलास गर्दा ती बन्दुक फेला पारेको हो ।
  • इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ सान्नेघारीस्थित जंगलबाट पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ ।

२४ असोज, सुर्खेत ।

सुर्खेतका तीन स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाका विभिन्न जंगलमा खोजतलास गर्दा ती बन्दुक फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले चौकुने गाउँपालिका–७ सान्नेघारीस्थित जंगलबाट पाँच नाल भरुवा बन्दुक बरामद गरेको छ । त्यस्तै, अस्थायी प्रहरी चौकी लगामबाट खटिएको टोलीले चौकुने गाउँपालिका–१ धामिसेनस्थित जंगलबाट १२ नाल र प्रहरी चौकी रानीघाटबाट खटिएको टोलीले बराहताल गाउँपालिका–१ ज्यामिरेस्थित जंगलबाट एक नाल भरुवा बन्दुक बरामद गरेको हो । प्रहरीका अनुसार तीन स्थानबाट बरामद गरिएका बन्दुक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ । बरामद बन्दुक कसले र कुन प्रयोजनका लागि जंगलमा लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
विश्नोईको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका हरिचन्द्र
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
सांसद खरेलको सम्पर्क कार्यालय उद्घाटन, चुनाव जितेपछि हराउने प्रथाको अन्त्य गर्ने उद्देश्य
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
मधेशका मुख्यमन्त्रीले प्रदेशसभामा राजीनामा घोषणा गर्ने
मधेशका मुख्यमन्त्रीले प्रदेशसभामा राजीनामा घोषणा गर्ने
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
लोकप्रिय बन्दै लोक गायक रविराज‌ शाहको छठ गीत “कवना घाटे अवना जवना”
राष्ट्रपति पौडेल आज तनहुँ जाँदै
राष्ट्रपति पौडेल आज तनहुँ जाँदै