नारायणी नदीमा हाम फालेर एकै दिन दुईजना बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
नारायणी नदीमा हाम फालेर एकै दिन दुईजना बेपत्ता

सारांश

  •   नारायणी नदीमा एकै दिन दुई जना हाम फालेर बेपत्ता भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिका–५ कुसमुघाट निवासी १५ वर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वडा नम्बर १ स्थायी घर भएका ५९ वर्षीय मिठा गिरी नदीमा हाम फालेर बेपत्ता हुनुभएको हो ।
  • श्रेष्ठले मङ्गलबार बिहान र गिरीले मङ्गलबार राति नारायणघाट र गैँडाकोट जोड्ने नारायणी नदीको गैडाकोट २ तर्फको पुलबाट हाम फालेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपलले जानकारी दिनुभयो ।

१४ साउन, काठमाडौं । 

नारायणी नदीमा एकै दिन दुई जना हाम फालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिका–५ कुसमुघाट निवासी १५ वर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वडा नम्बर १ स्थायी घर भएका ५९ वर्षीय मिठा गिरी नदीमा हाम फालेर बेपत्ता हुनुभएको हो ।

श्रेष्ठले मङ्गलबार बिहान र गिरीले मङ्गलबार राति नारायणघाट र गैँडाकोट जोड्ने नारायणी नदीको गैडाकोट २ तर्फको पुलबाट हाम फालेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपलले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुबैको खोजी कार्य जारी राखेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले साइकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेको प्रहरीको भनाइ छ । कक्षा ९ मा अध्ययनरत १५ वर्षीय आदेशले बिहानै घरबाट कसैलाई केही नभनी निस्केका परिवारलई उदृत गर्दै प्रहरी नायब उपरीक्षक नेपालले बताउनुभयो । उहाँका बुबा, आमा र दाजु जापानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?