सिरियामा हिंसाका कारण २ दिनमा हजार भन्दा बढीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
५७ पटक हेरिएको
Shares
सिरियामा हिंसाका कारण २ दिनमा हजार भन्दा बढीको मृत्यु

सारांश

  • यस हिंसाका कारण २ दिनमा १ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको सञ्चारमाध्यमहरुमा उल्लेख छ।
  • यो मृत्युको संख्या २०११ मा भएको सिरियाली गृहयुद्ध पछिको सबैभन्दा उच्च भएको सिरियामा भइरहेको युद्धको निगरानी गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको हो।
  • संस्थाका अनुसार पछिल्ला दुई दिनमा सुरक्षा बलले अलाविट मुस्लिम समुदायका ७४५ भन्दा बढी मानिसहरूलाई मारेको छ।

२५ फागुन, सिरियाको लताकिया र टार्टसमा सेना र पूर्व राष्ट्रपति बसर अल-असदका समर्थकहरूबीच विगत केही दिनदेखि झडप भइरहेको छ। यस हिंसाका कारण २ दिनमा १ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको सञ्चारमाध्यमहरुमा उल्लेख छ। यो मृत्युको संख्या २०११ मा भएको सिरियाली गृहयुद्ध पछिको सबैभन्दा उच्च भएको सिरियामा भइरहेको युद्धको निगरानी गर्ने संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको हो।

संस्थाका अनुसार पछिल्ला दुई दिनमा सुरक्षा बलले अलाविट मुस्लिम समुदायका ७४५ भन्दा बढी मानिसहरूलाई मारेको छ। तीमध्ये धेरैजसोलाई झुण्ड्याएर मारिएको जनाइएको छ। यसबाहेक १४८ जना असद समर्थक लडाकुहरू पनि मारिएका छन्। साथै यस हिंसामा १२५ सुरक्षाकर्मीको पनि मृत्यु भएको छ। गत वर्ष डिसेम्बरमा भएको विद्रोहपछि बसर देश छोडेर रुस गएका थिए। यसपछि सिरियामा लडाकू संगठन हयात तहरीर अल-शाम (HTS) ले सत्ता आफ्नो हातमा लिएको थियो।  सिरियाली सरकारले असदप्रति वफादार लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गरेपछि हिंसा भड्किएको आरोप लगाएको छ।

असदका लडाकुहरूले सुरक्षा बलमाथि आवासीय क्षेत्रहरूमा बमबारी गरेको आरोप लगाएका छन्। रिपोर्टका अनुसार सुरक्षा बलले एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा झडप सुरु भएको थियो। यसपछि सरकारले लताकिया र टार्टसमा ठूलो संख्यामा सेना तैनाथ गरेको छ। साथै कर्फ्यू लगाउने आदेश पनि दिइएको छ।लताकिया र टार्टस प्रान्तमा भएको हिंसाले अबु मोहम्मद अल-जुलानीको नेतृत्वमा रहेको सरकारलाई चुनौती दिएको छ। यी क्षेत्रहरू पूर्व राष्ट्रपति बसर अल-असदप्रति वफादार रहेका अलावाइट समुदायको गढ हुन्। गत वर्ष डिसेम्बरमा बसर अल-असदलाई सत्ताबाट हटाइएपछि सिरियामा भएको यो सबैभन्दा हिंसात्मक भिडन्त हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन
निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
एनपिएलमा आज दुई खेल हुँदै, काठमाडौंले पोखरा र चितवनले सुदूरपश्चिमसँग भिड्दै
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
जयगढबजार आगलागी : पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब बढि
६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब बढि
तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ
रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
पर्सामा १७६ किलो गाँजा बरामद
पर्सामा १७६ किलो गाँजा बरामद
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी