तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १४, २०८०
|
|
२२ पटक हेरिएको
Shares
तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • प्रशासनिक भवन निर्माणमा अनियमितता गरेको आरोपमा पासमानका साथै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वय जगदीश मण्डल र  बुद्धिमान दनुवारविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
  • आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार लेखापाल प्रविनकुमार महतो र निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एन्ड कम्पनी/ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवलाई पनि प्रतिवादी बनाइएको छ ।

१४ चैत, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रशासनिक भवन निर्माणमा अनियमितता गरेको आरोपमा पासमानका साथै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वय जगदीश मण्डल र  बुद्धिमान दनुवारविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार लेखापाल प्रविनकुमार महतो र निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एन्ड कम्पनी/ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवलाई पनि प्रतिवादी बनाइएको छ ।​ उनीहरूविरुद्ध १ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिबाना र कैद दुवै सजायको मागदाबी आयोगले गरेको छ ।

कर्जन्हा नगरपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता भएको उजुरी आयोगमा परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन पासमान  र अधिकृत जगदीश मण्डलले उच्च अदालत जनकपुरको परमादेशको पालना नगरेको पाइएको थियो । उच्चको परमादेशविपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आव्हानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?