मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ४, २०८२
|
|
३७ पटक हेरिएको
Shares
मिडिया क्षेत्रलाई संसद अन्तर्गत राख्नुपर्छः सांसद भट्टराई

सारांश

  •   नेकपा (एमाले)की सांसद विद्या भट्टराईले मिडिया क्षेत्रलाई सरकारअन्तर्गत नभई संसदअन्तर्गत राखेर जानुपर्ने बताउनुभएको छ ।
  • प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतवारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो धारणा राख्नुभएको हो ।
  • उहाँले मिडियालाई सरकारअन्तर्गत राख्दा सरकारले आफ्नो अनुकुल हस्तक्षेप गर्नसक्ने उहाँको भनाइ छ ।

४ साउन, काठमाडौं । 

नेकपा (एमाले)की सांसद विद्या भट्टराईले मिडिया क्षेत्रलाई सरकारअन्तर्गत नभई संसदअन्तर्गत राखेर जानुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतवारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भट्टराईले यस्तो धारणा राख्नुभएको हो । उहाँले मिडियालाई सरकारअन्तर्गत राख्दा सरकारले आफ्नो अनुकुल हस्तक्षेप गर्नसक्ने उहाँको भनाइ छ ।

उहाँले नागरिकले सूचना पाउने संवैधानकि अधिकारलाई मध्यनजर गरेर मिडिया काउन्सिल विधेयक  अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चार क्षेत्र स्वतन्त्र र निश्पक्ष नभएसम्म लोकतन्त्रको व्याख्या गर्न नसकिने पनि धारणा राख्नुभयो । उहाँले सञ्चार क्षेत्रको नियमनको नाममा प्रेस स्वतन्त्रतामाथि अंकुश लाग्ने खालको व्यवस्था हुन नहुने बताउनु भयो । सांसद भट्टराईले नेपाल पत्रकार महासंघलाई पनि विधेयकको प्रक्रियामा जोड्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘नागरिकले सूचना पाउने हकलाई मध्यनजर गरेर यो विधेयक अघि बढाउनुपर्छ । स्वनियमलाई संस्थागत गर्दै नियमन गर्ने संयन्त्र विकास गर्न खोजेको छ ।

जबसम्म मिउिडया निश्पक्ष हुदैन हामीले लोकतन्त्रको व्यख्या गर्न सक्दैनौं । हामीले एउटा संस्थालाई अर्कोमा रुपान्तरण मात्र होइन फक तरिकाले अघि बढ्नुपर्छ । संस्थागत मूल्य मान्यताको इतिहास र पृष्ठभूमिमाथि अंकुश लगाउन खोजेको पनि आउने गरेको छ । नियमनको नाममा मिडियाको भावनामाथि खेल्नु हुदैन । मिडियालाई प्रोत्साहित पनि गर्नुपर्छ । मिडियालाई संंंसद अन्तर्गत राख्नुपर्छ । सरकारअन्तर्ग राख्दा राज्यको प्रभाव पर्नसक्छ । नेपाल पत्रकार महासंघलाई पनि यसमा जोड्नुपर्छ । उसलाई हामीले स्टेट होल्डर मात्र नभई एउटा पत्रकारको हकहितको लागि काम गर्ने संस्थाको रुपमा विकास गर्नुपर्छ ।’सरकारले पत्रकारिताको क्षेत्रमा भएका प्रविधि र परिवर्तनलाई आत्मसात गर्दै प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रुपान्तरण गर्ने उद्देश्यसहित विधेयक अघि बढाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
ओडीआई शृंखलाको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु
मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
मुख्यमन्त्री कार्यालयमा राजीनामा दिएका गौतमले सम्हाले मधेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
एनपीएल : कर्णालीयाक्सजनकपुर बोल्ट्सविरुद्धपहिलाब्याटिङ गर्ने
रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगमा
रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगमा
बीबीसी विरुद्ध ट्रम्पले दायर गरे ५ अर्ब डलरको मुद्दा
बीबीसी विरुद्ध ट्रम्पले दायर गरे ५ अर्ब डलरको मुद्दा