५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ : प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
५२ प्रतिशत विद्यार्थी फेल गराउनु पनि शिक्षकका लागि मज्जाको कुरा बनेको छ : प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको टिप्पणी गरेका छन् ।
  • राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको बताए ।
  • सामाजिक सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको सुनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएको बारे शिक्षकको बुझाइ नै यस्तो रहेको टिप्पणी गरे ।

 

१९ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकले पनि यो मज्जाको कुरा हो भनेर बोल्ने गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुँदा पनि शिक्षकले यसमा हामीले ध्यान दिनुपर्छ भन्ने अनुभूति नगरेको बताए । सामाजिक सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको सुनेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएको बारे शिक्षकको बुझाइ नै यस्तो रहेको टिप्पणी गरे ।

‘शिक्षा क्षेत्रमा हामीले प्रयत्न गरेका छौं । हिजो एकजना शिक्षकले बोल्दै गरेको मैले सुनेँ । मलाई गाली गरिरहनुभएको थियो किन गाली गर्नुभएको हो मैले बुझिनँ,’ उनले भने, ‘यसरी गाली गरिरहनुभएको थियो । उहाँसँग मेरो जिन्दगीमा भेट पनि भएको पनि छैन होला । भेट्या पनि उहाँले छैन होला । तर गाली बेसरी गरिरहनुभएको थियो किन गरेको हो थाहा भएन ।’उनी ती शिक्षकको भनाइप्रति प्रतिक्रिया दिंदै भने, ‘कसले सिकायो, कसले घोकायो, कसले पढायो । फेसबुक मात्रै हेर्नुहुन्छ कि क्या हो ?’ शिक्षकलाई ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु नै काफी लाग्ने गरेको प्रधानमन्त्री ओलीको टिप्पणी छ । ‘उहाँ भनिरहनुभएको थियो ४८ प्रतिशत विद्यार्थी एसईईमा पास हुनु भनेको काफी हो, धेरै हो । ५२ प्रतिशत फेल हुने कुरालाई उहाँले एकदम इजी लिनुभएको छ,’ उनले भने ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अगाडि थपे, ‘५२ प्रतिशत हम्रो योङ जेनेरेसनका होनहार प्रतिभाहरूको भविष्य एसईईमै १० कक्षामै चट बनाइदिएर, खत्तम पारेको उहाँले मज्जाको कुरा हो भन्नुहुन्छ ।’आफूले शिक्षण नगरे पनि शिक्षकको उक्त टिप्पणीले दुःखी बनाएको प्रधानमन्त्रीलेब ताए । ‘एकजना शिक्षक साथीले बोलेको मैले सुनेँ । जब मेन्टालिटी र बुझाइ नै त्यो छ…,’ उनले भने, ‘५२ प्रतिशत फेल भएकोमा उहाँलाई … होइन हामीले यसमा ध्यान दिनुपर्छ भन्ने छैन ।’ प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरू निकै प्रतिभाशाली रहेको पनि उपयुक्त काउन्सिलिङ र अवसर नपाइरहेको बताए । ‘नेपाली विद्यार्थीहरू यति ट्यालेन्ट छन् । उनीहरू दुर्गमबाट आएर पढेका छन् । सबै विषयमा मानिसको उत्तिकै प्रतिभा हुँदैन विषयगत हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
नर्स निशा मेहता बनिन् स्वास्थ्यमन्त्री
वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा
वीर अस्पतालका निर्देशक डा. शर्माले दिए राजीनामा
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
घाँस काट्न गएकी एक महिलाको मृ*त्यु
घाँस काट्न गएकी एक महिलाको मृ*त्यु
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न सर्वोच्चको आदेश
सर्लाहीको बसबरियामा ट्याक्टरमा च्यापिएर एक वृद्धको मृ*त्यु, चालक फरार
सशस्त्र प्रहरीका प्राविधिक पदमा भर्ना खुल्यो
सशस्त्र प्रहरीका प्राविधिक पदमा भर्ना खुल्यो