आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
२३ पटक हेरिएको
Shares
आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने डोनाल्ड ट्रम्पको चेतावनी

सारांश

  • ट्रम्पले हमासले आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने चेतावनी दिएका हुन्।
  •   ट्रम्पले ओ‌भल अफिसमा भने, ‘शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धक रिहा गरिएन भने, म भन्छु- यसलाई (सम्झौता) रद्द गर्नुहोस्।
  • ’ उनले ओभल अफिसमा भने।

काठमाडौँ, २९ माघः गाजाबाट इजरायली बन्धक रिहाइ रोक्ने घोषणा गरेपछि हमासलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन्। ट्रम्पले हमासले आगामी शनिबार १२ बजेसम्ममा सबै बन्धक रिहा नगरे युद्धविराम नै भंग हुने चेतावनी दिएका हुन्।  ट्रम्पले ओ‌भल अफिसमा भने, ‘शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धक रिहा गरिएन भने, म भन्छु- यसलाई (सम्झौता) रद्द गर्नुहोस्।’ उनले ओभल अफिसमा भने।

अब सबै बाटा बन्द गरिनुपर्छ, र विनाश सिर्जना गरिनुपर्छ।’ तर ट्रम्पले शनिबार दिउँसोको १२ बजे हो वा रातको १२ बजे भनेका हुन्, स्पष्ट छैन। यो समयसीमा दिँदा उनले कुन समय क्षेत्रलाई ध्यानमा राखेका थिए भन्ने पनि थाहा छैन।ट्रम्पले पटकपटक नगरी सबै बन्धक एकैचोटि रिहा गरिनुपर्ने पनि बताएका छन्।यस्तो भएन भने के हुन्छ भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘हमासले थाहा पाउनेछ मेरो भनाइ अर्थ के हो!’  उनले ‘यो मेरो समयसीमा हो’ भने र आफ्नो निर्णयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु उल्लेख गरेनन्।

यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै अब बन्धक छाड्ने क्रम रोक्ने बताएको थियो। हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ।  युद्धविरामको पहिलो चरणअन्तर्गत तीन हप्ताभित्र हमासले ३३ बन्धक र इजरायलले १९०० कैदी रिहा गर्नुपर्ने सम्झौता छ।तर हमासले बन्धक बनाएका ३३ जनामध्ये ८ जनाको मृत्यु भइसकेको इजरायलको भनाइ छ। अहिलेसम्म हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ। तर नेपाली विद्यार्थी विपिन जोशीको पालो अहिलेसम्म आएन। यसबीच इजरायलले भने ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
आज निजामती सेवा दिवस: विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै
अछाममा हायक निरीक्षक आफैंमाथि गोली प्रहार
अछाममा हायक निरीक्षक आफैंमाथि गोली प्रहार
इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द
बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने
बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
पोर्चुगल पठाउने भन्दै दुई लाख ठग्ने एक जना पक्राउ
माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने
माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा खबरदारी सभा गर्ने