रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
२८ पटक हेरिएको
Shares
रवि र छविलाई थुनामै राख्न सर्वोच्चको आदेश

सारांश

  •   सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।
  • उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ।
  • न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि यो आदेश सुनाएको हो।

९ जेठ, काठमाडौं । 

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्ने गरी मातहत अदालतको आदेश सर्वोच्चले सदर गरेको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि यो आदेश सुनाएको हो। राति पौने ९ बजे न्यायाधीशद्वयले आदेशमा सही गरेर निस्केका थिए। मंगलबार र बिहीबार पनि बहस भएको थियो। तर, नसकिएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो।

मंगलबार रविका कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरुको बहस बिहीबार पनि भएको थियो। बिहीबार रविका तर्फबाट बहस सकिएपछि छविका वकिलले बहस गरेका थिए। छविका वकिलको बहस सकिएपछि सरकारी वकिलले पनि बिहीबार नै बहस सकेका थिए। जाहेरवालाको तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए। त्यसपछि रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जवाफी बहस गरेका हुन्।  जिल्ला अदालत रुपन्देहीले छविलाई थुनामा पठाउने र रविलाई एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। त्यसविरुद्ध दुवै पक्ष उच्च अदालत पुगे।  उच्च अदालत बुटवलले रविलाई थुनामा पठाउने आदेश गर्दा छविको हकमा जिल्लाकै आदेश सदर गरेको थियो। त्यसपछि रुपन्देही कारागारमा रहेका दुवै जनालाई थुनाबाहिरै रहेर मुद्दा लड्न पाउनु पर्ने माग गर्दै छुट्टा छुट्टै निवेदन दिएका थिए। ती निवेदनसहित बन्दी प्रत्येक्षीकरणको निवेदन पनि साथै राखेर सुनुवाइ गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
आज थप घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
आज थप घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
सुरुभयो सगरमाथा आरोहण, ४२१ जनालाई अनुमति
सुरुभयो सगरमाथा आरोहण, ४२१ जनालाई अनुमति
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री
मानव अधिकारलाई हामी सबैले अपरिहार्य आधारको रूपमा स्वीकार गर्नुपर्छ : प्रधानमन्त्री
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने युवक पक्राउ
सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
सत्तारुढ दलका सांसद बोल्न सुरु गर्ने बित्तिकै संसद्‍बाट बाहिरिए रास्वपा सांसद
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
एपीएफ स्कुलमा घोटाला : लेखा अधिकृत गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
मन्त्रिपरिषद् बैठक बस्दै, एजेण्डा के के ?
मन्त्रिपरिषद् बैठक बस्दै, एजेण्डा के के ?