मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
६३ पटक हेरिएको
Shares
मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया

सारांश

  • कार्यक्रममा महामहिम नेपाली राजदूत डा.
  • नेत्र प्रसाद तिमिल्सिना, दूतावासका कर्मचारी, एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोसहित पदाधिकारीहरू, एनआरएमए मलेसियाका अध्यक्ष महेश यादव ‘निराला’ तथा मलेसियामा कार्यरत श्रमिक प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
  • अन्तरक्रियामा प्रवासी नेपाली श्रमिकहरूले भोग्दै आएका समस्या र तिनका समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।

जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको विशेष उपस्थितिमा मलेसियास्थित नेपाली राजदूतावासको सभाहलमा एक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा महामहिम नेपाली राजदूत डा. नेत्र प्रसाद तिमिल्सिना, दूतावासका कर्मचारी, एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोसहित पदाधिकारीहरू, एनआरएमए मलेसियाका अध्यक्ष महेश यादव ‘निराला’ तथा मलेसियामा कार्यरत श्रमिक प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

अन्तरक्रियामा प्रवासी नेपाली श्रमिकहरूले भोग्दै आएका समस्या र तिनका समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा मुख्यमन्त्री सिंहले श्रमिकहरूको अधिकार र संरक्षणका लागि आफू २४ घन्टा तत्पर रहने प्रतिबद्धता जनाउँदै हाल नेपाली सेक्युरिटी गार्डहरूलाई भइरहेको श्रम शोषण र अन्यायपूर्ण व्यवहारबारे गम्भीर चासो प्रकट गर्नुभएको छ। साथै, उहाँले तत्काल समाधानतर्फ ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।

यस अवसरमा जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ र सर्लाही जिल्ला इञ्चार्ज श्रीचन यादव समेत सहभागी हुनु भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?