सर्लाहीमा प्रेमिका भेट्न गएका युवक मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर ५, २०८३
|
|
१५२ पटक हेरिएको
Shares
  सर्लाहीमा प्रेमिका भेट्न गएका युवक मृत फेला

सारांश

  • सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवकको मृत्यु भएको छ ।
  • प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत्यु भएको हो ।
  • बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्गमा रहेको प्रेमिकाको कोठामा उनी अचेत अवस्थामा भेटिएका थिए ।

 

४ मंसिर, सर्लाही ।

सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवकको मृत्यु भएको छ । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत्यु भएको हो । बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्गमा रहेको प्रेमिकाको कोठामा उनी अचेत अवस्थामा भेटिएका थिए । उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?