होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १८, २०८२
|
|
२२४ पटक हेरिएको
Shares
होलीले आपसी सदभाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।
  • होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
  • राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

१८ फागुन,काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिलोस् भनी कामना गरेका छन् । होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा भनिएको छ, ‘होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न तथा समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा वैरभाव परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवम् साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ्ग दलेर सद्भाव प्रकट गर्ने तथा रमाइलो गर्ने परम्परा रहेको राष्ट्रपति पौडेलले बताएका छन् । रङ्गहरूको पर्वका रूपमा प्रत्येक वर्ष फागुपूर्णिमा (होली) देशभर वसन्त ऋतुका अनेक रङ्गहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा हर्षोल्लासपूर्वक मनाइन्छ ।

विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि प्रारम्भ हुने होली पूर्णिमाको राति चिर दाह गरेपछि समापन हुन्छ । राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको र त्यही विविधताबीचको एकता नै नेपालीको पहिचान र सुन्दरता भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने
काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने
संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
संसद्को चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली
बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च
सर्लाहीमा नागरिकता बनाउनेको भिड
सर्लाहीमा नागरिकता बनाउनेको भिड
एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो
एक हजार सदस्यीय समितिको घोषणा गर्दै राजेन्द्र महतो
मलाई कसैको पार्टी फुटाउने सोख छैन : प्रधानमन्त्री ओली
मलाई कसैको पार्टी फुटाउने सोख छैन : प्रधानमन्त्री ओली
कुलेखानी जलाशययुक्त आयोजनाको एकीकृत विकासमा मन्त्री श्रेष्ठ जोड
कुलेखानी जलाशययुक्त आयोजनाको एकीकृत विकासमा मन्त्री श्रेष्ठ जोड
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल
जसपा नेतृ सिंहले हल्दी कार्यक्रममा पड्काएकी थिइन् पेस्तोल
लुम्बिनीविरुद्ध जितका लागि सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य
लुम्बिनीविरुद्ध जितका लागि सुदूरपश्चिमले पायो १४४ रनको लक्ष्य