संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
३४ पटक हेरिएको
Shares
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

सारांश

  •   ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’सम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ ।
  • राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको आइतबारको बैठकमा समितिबाट पारित प्रतिवेदन पेश गरेका हुन् ।
  • यही जेठ १४ मा प्रतिनिधिसभाको बैठकमा नै पेस गर्ने कार्यसूची रहे पनि विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै निन्तर बैठक अवरुद्ध गरेपछि पेश हुन सकेको थिएन ।

१ असार, काठमाडौं । 

‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’सम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभाको आइतबारको बैठकमा समितिबाट पारित प्रतिवेदन पेश गरेका हुन् ।

यही जेठ १४ मा प्रतिनिधिसभाको बैठकमा नै पेस गर्ने कार्यसूची रहे पनि विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै निन्तर बैठक अवरुद्ध गरेपछि पेश हुन सकेको थिएन । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले करिब एक महिनाअघि गत जेठ २ मा उक्त विधेयक समितिबाट पारित गरेको थियो । विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पु¥याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था राखिएकोमा यी दुई विषयमा विवाद कायमै छ । उक्त व्यवस्था हटाउनुपर्ने भन्दै मुख्यसचिवदेखि सचिवसम्मले लबिङ गरिरहेका छन्, तर ती व्यवस्था नहटेको सभापति खतिवडाले बताए ।

२०८१ जेठ १५ को बैठकमा उक्त विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय भएको थियो । २०८१ जेठ २३ मा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त भएको थियो । दफबार छलफल गर्ने क्रममा २०८१ भदौ २० गते पहिलो बैठकमा छलफल सुरु भएको थियो । १३ परिच्छेद र १४७ दफा रहेको उक्त विधेयकमा १२४ वटा दर्ता समूहबाट १३० जना सांसदले १ हजार ५८३ संशोधन दर्ता भएका थिए । विधेयक प्रतिवेदन भदौ २०८१ भदौ २० देखि २०८२ जेठ २ सम्म २७ वटा उपसमिति र बाँकी समितिका गरेर ४७ वटा बैठक बसेर विधेयकलाई टुंगोमा पु¥याएको समिति सभापति खतिवडाले जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
दिलभूषणको पक्राउ पूर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृ*त्यु
उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृ*त्यु
राष्ट्रिय मुक्ति पार्टी सर्लाही अध्यक्षमा गणेशकुमार यादव
राष्ट्रिय मुक्ति पार्टी सर्लाही अध्यक्षमा गणेशकुमार यादव
अहिलेका शासकले रावण प्रवृत्ति देखाएका छन् : राप्रपा नेता लोहनी
अहिलेका शासकले रावण प्रवृत्ति देखाएका छन् : राप्रपा नेता लोहनी
४० दिनमा विपदका घटनामा ७० जनाको मृ*त्यु
४० दिनमा विपदका घटनामा ७० जनाको मृ*त्यु
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने
सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवनले एलिमिनेटर खेल्ने
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै