भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १२, २०८१
|
|
२५ पटक हेरिएको
Shares
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन

सारांश

  • शोएब अख्तरले भने, ‘मलाई थाहा थियो अब के हुनेवाला छ।
  • वर्ल्ड ६ बलर लिएर खेलिरहेको छ र तपाईं अलराउन्डर लिएर जानुहुन्छ।
  • यो बुद्धिमानी व्यवस्थापन होइन।

 

११ फागुन,  दुबईमा भएको च्याम्पियन्स ट्रफी खेलमा भारतसँग पराजित भएपछि पाकिस्तानका पूर्व फास्ट बलर शोएब अख्तरले पाकिस्तानी टोली व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका छन्। शोएब अख्तरले भने, ‘मलाई थाहा थियो अब के हुनेवाला छ।

वर्ल्ड ६ बलर लिएर खेलिरहेको छ र तपाईं अलराउन्डर लिएर जानुहुन्छ। यो बुद्धिमानी व्यवस्थापन होइन।’ यसमा खेलाडीलाई दोष दिने ठाउँ नभएको भन्दै उनले पाकिस्तानका खेलाडीहरूसँग विराट कोहली, रोहित शर्मा र शुभमन गिलजस्तो सीप नभएको टिप्पणी समेत गरे। उनले थपे, ‘तपाईं खेलाडीहरू लाई के भन्नुहुन्छ? उनीहरूलाई केही थाहा छैन।

उनीहरूसँग विराट कोहली, रोहित शर्मा वा शुभमन गिल जस्तो सीप छैन। खेलाडीहरू व्यवस्थापन अनुसार हुनेछन्। यो धेरै निराशाजनक छ।’ आइतबार दुबईमा भएको आईसीसी च्याम्पियन्स ट्रफीको खेलमा भारतीय टोलीले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ। यस खेलमा विराट कोहलीको शतकमा भारतले २४२ रनको लक्ष्य ४२.३ ओभरमा पूरा गर्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ