खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै

सारांश

  • खेलकुद क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यसहित ‘पेसएक्स स्पोटर्स’ नामको संस्था स्थापना हुन लागेको छ ।
  • बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेल क्षेत्रमा रहेको चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्यसहित ‘पेसएक्स स्पोटर्स’ अन्तिम तयारीको चरणमा पुगेको जानकारी गराएको हो ।
  • ‘पेसएक्स स्पोटर्स’ ले आफूलाई केवल एउटा प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र तथा खेलकुदसँग सम्बन्धित निकायहरूलाई जोड्ने साझा मञ्च का रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

३० पुस, काठमाडौं ।

खेलकुद क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने उद्देश्यसहित ‘पेसएक्स स्पोटर्स’ नामको संस्था स्थापना हुन लागेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेल क्षेत्रमा रहेको चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्यसहित ‘पेसएक्स स्पोटर्स’ अन्तिम तयारीको चरणमा पुगेको जानकारी गराएको हो । ‘पेसएक्स स्पोटर्स’ ले आफूलाई केवल एउटा प्रशिक्षण केन्द्रमा सीमित नराखी खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र तथा खेलकुदसँग सम्बन्धित निकायहरूलाई जोड्ने साझा मञ्च का रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

खेलकुदलाई शिक्षा, जीवनशैली र राष्ट्रिय विकासको अभिन्न अङ्गका रूपमा स्थापित गर्नु ‘पेसएक्स स्पोटर्स’को दीर्घकालीन दृष्टिकोण हो । प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरूको शारीरिक, मानसिक र नैतिक विकास गर्दै स्थानीय तहबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने स्पष्ट मार्ग निर्माण गर्नु संस्थाको मुख्य उद्देश्य पनि रहेको छ । ‘पेसएक्स स्पोटर्स’ नेपालमा खेल व्यवस्थापन तथा खेलाडी विकासमा समर्पित संस्था हुनेछ । यस संस्थाले जगैदेखि खेलकुद विकास, खेलाडीको समग्र उन्नति तथा संस्थागत सहकार्यमार्फत दिगो र समावेशी खेलकुद प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । युवा पुस्तामा लगानी, खेल शिक्षा र समुदायको सक्रिय सहभागितामार्फत सक्षम खेलाडी उत्पादन गर्नुका साथै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पुरÞ्याउने प्रतिबद्धता पनि ‘पेसएक्स स्पोटर्स’ ले व्यक्त गरेको छ । संस्थाको मुख्य कार्यक्षेत्रहरू खेलाडीको समग्र विकास, विद्यालय तथा कलेज खेलकुद कार्यक्रम, जगैबाट प्रतिभा पहिचान र विकास, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम र प्रतियोगिता तथा सामुदायिक संलग्नता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान घिसिङ
देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान घिसिङ
प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिपक्षी दलको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने
नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउनुपर्ने
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
तनहुँ यात्रुवाहक बस दुर्घटना : ५ जना घाइतेलाई अस्पताल लगियो
तनहुँ यात्रुवाहक बस दुर्घटना : ५ जना घाइतेलाई अस्पताल लगियो
खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा
खानेपानीमन्त्री यादवको राजीनामा दिने घोषणा
राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री
राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
बलात्कार मुद्दामा मधेशका पूर्वप्रदेश प्रमुख पुर्पक्षका लागि थुनामा
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह