Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
३५ पटक हेरिएको
Shares
वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर

सारांश

  • पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ ।
  • वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार्य सुरु गरेको हो ।
  • महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा नगर र सशस्त्र प्रहरीको सहयोगमा खाली गराउने कार्य भएको स्थानीयले बताएका छन् ।

 

२८ मंसिर, पर्सा ।

पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार्य सुरु गरेको हो । महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा नगर र सशस्त्र प्रहरीको सहयोगमा खाली गराउने कार्य भएको स्थानीयले बताएका छन् ।

बीपी उद्यान खाली गराइएसँगै स्थानीयवासीहरूले सार्वजनिक स्थल संरक्षणमा महानगरपालिकाले गरेको कार्य सकारात्मक रहेको प्रतिक्रिया दिए । वीरगञ्ज महानगरपालिका प्रमुख सिंहले सार्वजनिक स्थलको संरक्षण र शहरलाई व्यवस्थित बनाउने योजना अनुसार डोजर चलाएको बताए । यो स्थानमा ट्राफिक जाम, फोहरमैलालगायत अन्य समस्या हुँदै आएकाले व्यवस्थापन गरिन लागेको उनको भनाइ छ । महानगरपालिकाले छपकैयास्थित रेल्वे रोड छेउमा करिब ७० लाख रुपैयाँको लागतमा २८ सटरसहित नयाँ सुविधा सम्पन्न थोक तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ ।

बीपी उद्यानका व्यवसायीहरूलाई नयाँ बजारमा स्थानान्तरण गर्ने योजना पनि यसमा समेटिएको महानगरपालिकाले जनाएको छ । यद्यपी, बीपी उद्यान क्षेत्रमा रहेका तरकारी तथा फलफूल व्यवसायीहरू आक्रोशित बनेका छन् । उनीहरूले घण्टाघरमा भेला भई आफ्नो दैनिक आम्दानीको स्रोत गुमेको भन्दै महानगरको कार्यशैलीप्रति आपत्ति जनाएका छन । महानगरपालिकाका अनुसार हालसम्म कुनै अप्रिय घटना नघटेको र स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा १८ विमानस्थल बन्द, २०० भन्दा बढी उडान रद्ध
भारतमा १८ विमानस्थल बन्द, २०० भन्दा बढी उडान रद्ध
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
कवाड व्यवसायीले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने
वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा
वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँचजना पक्राउ
ओलीको २२ सदस्यीय मन्त्रिमण्डलमा नौ नयाँ अनुहार
ओलीको २२ सदस्यीय मन्त्रिमण्डलमा नौ नयाँ अनुहार
उपसभामुखमा राप्रपालाई रास्वपाको समर्थन
उपसभामुखमा राप्रपालाई रास्वपाको समर्थन
गण्डकीमा एमाले सांसदले बजेटको हिसाब नमिलेको बताएपछि संसद स्थगित
गण्डकीमा एमाले सांसदले बजेटको हिसाब नमिलेको बताएपछि संसद स्थगित
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न