Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण २७, २०८१
|
|
९७ पटक हेरिएको
Shares
बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला

सारांश

  • आइतबार मध्यान्ह सवा १२ बजे बकैया गाउँपालिका-५ पावसस्थित सिमात्त खोलामा एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
  • मृतकको सुरूमा पहिचान खुलेको थिएन।
  • प्रहरीको टोली पुगेर अनुसन्धान गरेसँगै मृतकको पहिचान खुलेको हो।

 

२७ साउन, मकवानपुरमा एक जना पुरूष खोलामा मृत फेला परेका छन्।

आइतबार मध्यान्ह सवा १२ बजे बकैया गाउँपालिका-५ पावसस्थित सिमात्त खोलामा एक पुरूष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

मृतकको सुरूमा पहिचान खुलेको थिएन। प्रहरीको टोली पुगेर अनुसन्धान गरेसँगै मृतकको पहिचान खुलेको हो। मृतक बकैया-५ राजदमार बस्ने अन्दाजी ६० वर्षीय आशाकाजी दोङ छन्। उनकी छोरी शान्ति लामाले सनाखत गरेकी हुन्। प्रहरीका अनुसार मृतक दोङ शनिबार बिहान १० बजेदेखि बेपत्ता थिए। उनी बैंकमा पैसा लिन जाने भनेर हिँडेको प्रहरीले जनाएको छ। मृतकको घरबाट अन्दाजी दुई किलोमिटर टाढा उनको शव फेला परेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?