साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
३८ पटक हेरिएको
Shares
साउनमै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स

सारांश

  • चालु आर्थिक वर्ष पहिलो महिना साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
  • यो परिमाण गत आव सोही अवधिको तुलनामा २१.
  • २ प्रतिशतले धेरै हो ।

२ असोज, काठमाडौं ।

चालु आर्थिक वर्ष पहिलो महिना साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।यो परिमाण गत आव सोही अवधिको तुलनामा २१.२ प्रतिशतले धेरै हो । गत आव साउनमा १ खर्ब ७७ अर्ब ४१ करोड बराबर रेमिट्यान्स भित्रिएको थियो । त्यसैगरी गत आव कुल २३ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमट्यिान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आव साउनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशत वृद्धि भई १ अर्ब ४० करोड पुगेको छ । गत आव सोही अवधिमा २५ प्रतिशत बढेको थियो । चालु आव साउनमा खुद द्वितीय आय (खुद ट्रान्स्फर) २ खर्ब २९ अर्ब ९८ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड थियो । चालु आव पहिलो महिना वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४२ हजार ६ सय ९३ र पुन: श्रम स्वीकृति लिनेको संख्या २७ हजार ७ सय ४८ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमश: ४४ हजार ४ सय ६६ र २३ हजार ६ सय ४४ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
पूर्वराजाका संवाद सचिव पाठक प्रहरीको नियन्त्रणमा
पूर्वराजाका संवाद सचिव पाठक प्रहरीको नियन्त्रणमा
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ सुरु हुँदै
प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ सुरु हुँदै
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
अशान्त बंगलादेश : प्रधानमन्त्री र गृहमन्त्री निवासमा लुटपाट, कैयौं स्थानमा आगजनी
चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ
चोरीको आरोपमा दुई जना भारतीय नागरिक पक्राउ
सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृ*त्यु
सर्लाहीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृ*त्यु
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था