सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १९, २०८१
|
|
६३ पटक हेरिएको
Shares
सहकारी ठगी प्रकरण: आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने

सारांश

  • पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (शुक्रबार) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायत प्रतिवादीका तर्फबाट बहस हुँदै छ।
  • जाहेरवालाका तर्फको बहस बिहीबार सकिएपछि आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने भएका हुन्।
  • कास्की जिल्ला अदालतमा दर्ता मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए।

१९ पुस , काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज (शुक्रबार) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलगायत प्रतिवादीका तर्फबाट बहस हुँदै छ।

जाहेरवालाका तर्फको बहस बिहीबार सकिएपछि आजदेखि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने भएका हुन्। कास्की जिल्ला अदालतमा दर्ता मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानुन व्यवसायीले बहस गरेका थिए। यसअघि सरकारी वकिलका तर्फबाट बुधबार बहस सकिएको थियो।प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

पीडित जाहेरवालाका कानुन व्यवसायीले लामिछानेलगायतका अभियुक्त थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउन माग गरेका छन्।कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो। लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित थिए।

अन्य प्रतिवादीहरू भने फरार छन्।पोखराको सूर्यदर्शन सहकारी ठगीमा विभिन्न संस्थासमेत ४४ प्रतिवादी छन्।जसमध्ये ३१ प्रतिवादी सहकारी ठगीमा छन्। उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ। प्रतिवादीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, रविसहित ४ जनालाई सम्पत्ति शुद्धीकरण पनि र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ। सम्पत्ति जफतका लागि रविकी पत्नी निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा माइतीघरमा ‘वृहत विरोध सभा’। 
डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै
डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै
नेकपा एक नम्बर पार्टी बन्न सक्ने ‘प्रचण्ड’को विश्लेषण
नेकपा एक नम्बर पार्टी बन्न सक्ने ‘प्रचण्ड’को विश्लेषण
विशेष महाधिवेशनले गर्‍यो आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय
विशेष महाधिवेशनले गर्‍यो आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय
संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी
संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी
सुर्खेतमा गोली लागेर एकजनाको मृ*त्यु
सुर्खेतमा गोली लागेर एकजनाको मृ*त्यु
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त
सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त