Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बीपी राजमार्गमा पूर्ण रूपमा गाडी चलाउन रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
बीपी राजमार्गमा पूर्ण रूपमा गाडी चलाउन रोक

सारांश

  • रोशीखोलाको सतह बढ्दै गएपछि बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाइएको छ ।
  • काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकालले बीपी राजमार्गमा पर्ने रोशी खोलामा पानीको बहाव बढेको, विभिन्न स्थानमा खहरेखोलामा पहिरो सहित लेदो आएको र केही स्थानमा ढुंगाहरू राजमार्गमा झरेको कारण बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाएको जानकारी दिए ।
  • शुक्रबार रातिबाटै काभ्रेका अधिकांश स्थानमा पानी परिरहेकोले रोशी खोलाको बहाव अत्यधिक बढेको र राजमार्ग डाईभर्सनको रुपमा रहेकोले सम्भावित जोखिम न्यूनीकरणका लागि बीपी राजमार्गमा आवतजावत गर्ने सबै सवारी साधन पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

१८ असोज, काभ्रेपलाञ्चोक ।

रोशीखोलाको सतह बढ्दै गएपछि बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाइएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेशकुमार ढकालले बीपी राजमार्गमा पर्ने रोशी खोलामा पानीको बहाव बढेको, विभिन्न स्थानमा खहरेखोलामा पहिरो सहित लेदो आएको र केही स्थानमा ढुंगाहरू राजमार्गमा झरेको कारण बीपी राजमार्गमा पूर्ण रुपमा गाडी चलाउन रोक लगाएको जानकारी दिए ।

शुक्रबार रातिबाटै काभ्रेका अधिकांश स्थानमा पानी परिरहेकोले रोशी खोलाको बहाव अत्यधिक बढेको र राजमार्ग डाईभर्सनको रुपमा रहेकोले सम्भावित जोखिम न्यूनीकरणका लागि बीपी राजमार्गमा आवतजावत गर्ने सबै सवारी साधन पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । ११ बजेदेखि ठूलो पानी पर्ने मौषमविद्को जानकारी अनुसार काभ्रे जिल्लामा थप तयारीको लागि जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बोलाईएको समेत प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

बीपी राजमार्गमा धुलिखेल हुँदै गएका सवारी साधन काभ्रेभन्ज्याङ र भकुण्डेमा रोकिएका छन् भने सिन्धुलीबाट आएका सवारी साधन नेपालथोक र खुर्कोटमा रोकिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार रोशी खोलामा पानीको बहाव बढेको, रोशी ९ को पिन्थली र विरुवाडाँडामा लेदो झरेको तथा माम्तीमा ढुंगा खसेको जानकारी दिए ।

गत वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा क्षति भएको थियो । सडक बगाएका कारण डाईभर्सन गरि अस्थायी रुपमा सडक सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीको उक्त राजमार्गबाट दैनिक सयौं यातायातका साधान आउजाउ गर्छन् । क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा निर्माण गर्ने गरी ठेक्का लागिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थलमा हवाई उडान सुचारु
त्रिभुवन विमानस्थलमा हवाई उडान सुचारु
निजामती विधेयक विधायन समितिबाट पास
निजामती विधेयक विधायन समितिबाट पास
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, प्रहरीले शुरु गर्‍यो जग्गा लिजबारे अनुसन्धान
जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक
भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
ब्राजिलमा हट एयर बेलुन दुर्घटना: कम्तीमा आठ जनाको मृ*त्यु
दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग: अभिव्यक्तिको कारणपक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्
दुर्गा प्रसाईँलाई पक्राउबारे आयोग: अभिव्यक्तिको कारणपक्राउ गरेर मानव अधिकारको सम्मान हुँदैन्