मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको जिम्मेवारीमा डा. नवलकिशोर झा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १८, २०८३
|
|
५५ पटक हेरिएको
Shares
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको जिम्मेवारीमा डा. नवलकिशोर झा

सारांश

  • मधेश प्रदेश स्वास्थ्य सेवाअन्तर्गत एघारौँ तहमा बढुवा भएका डा.
  • नवलकिशोर झाको बढुवाको ४४ दिनपछि पदस्थापना भएको छ।
  • उनी भोली सोमबार स्वास्थ्य निर्देशनालयमा हाजिर हुने तयारीमा छन्।

१८ असोज, जनकपुरधाम । मधेश प्रदेश स्वास्थ्य सेवाअन्तर्गत एघारौँ तहमा बढुवा भएका डा. नवलकिशोर झाको बढुवाको ४४ दिनपछि पदस्थापना भएको छ। उनी भोली सोमबार स्वास्थ्य निर्देशनालयमा हाजिर हुने तयारीमा छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी रोहितकुमार कोइरालाका अनुसार शुक्रबार अबेर राति बसेको मन्त्रिपरिषद् बैठकले डा. झालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयमा पदस्थापना गर्ने निर्णय गरेको हो।

डा. झा भदौ ५ गते प्रदेश स्वास्थ्य सेवा बढुवा समितिको निर्णयअनुसार एघारौँ तहमा बढुवा भएका थिए। बढुवापछि पदस्थापनाको निर्णय हुनुपर्ने भए पनि लामो समयसम्म प्रक्रिया अघि नबढेपछि त्यसबारे प्रश्न उठ्न थालेको थियो।

भदौ २६ गते मन्त्रिपरिषद्ले पदस्थापनासम्बन्धी निर्णय गर्नुपर्ने अवस्था बनेको थियो। त्यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक प्रक्रिया अघि बढाउन पत्राचारसमेत गरेको थियो। तर त्यसपछि पनि पदस्थापना हुन सकेको थिएन।

पदस्थापनामा भएको ढिलाइबारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सरकारमाथि निर्णय लिन दबाब बढेको थियो। त्यसपछि मन्त्रिपरिषद्ले डा. झालाई स्वास्थ्य निर्देशनालयमै पदस्थापन गर्ने निर्णय गरेको हो।

स्रोतका अनुसार स्वास्थ्य निर्देशनालयमा कार्यरत विज्ञलाई हटाएर अन्य व्यक्तिलाई ल्याउने तयारी भए पनि मुख्यसचिवले सम्बन्धित विज्ञलाई नै जिम्मेवारी दिनुपर्ने अडान लिएपछि सरकार पछि हटेको थियो।

स्वास्थ्य क्षेत्रमा बढुवा भएका कर्मचारीको पदस्थापनासम्बन्धी निर्णय लामो समयसम्म रोकिँदा प्रशासनिक प्रक्रियामाथि प्रश्न उठिरहेका बेला मन्त्रिपरिषद्को पछिल्लो निर्णयले उक्त विषयलाई टुंगो लगाएको छ। मन्त्रिपरिषद्को निर्णयपछि डा. झा सोमबारदेखि स्वास्थ्य निर्देशनालयमा हाजिर हुने जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँ – लिङ्देन
सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँ – लिङ्देन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु
एमाले संसदीय दलको नेता बने रामबहादुर थापा बादल
एमाले संसदीय दलको नेता बने रामबहादुर थापा बादल
फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता
मसाल जुलुस प्रदर्शन गर्दा पक्राउ परे जसपा नेपालका तीन सांसदसहित डेढ दर्जन नेता कार्यकर्ता