ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ११, २०८२
|
|
८९ पटक हेरिएको
Shares
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना

सारांश

  • ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारी संस्थाहरूलाई सात बुँदे सूचना जारी गरेको छ ।
  • सहकारी ऐन २०७५ र आर्थिक ऐन २०८२/८३ अनुसारका प्रावधानलाई पालना गर्न महानगरले संस्थाहरूलाई निर्देशन दिएको हो ।
  • बुधबार जारी सूचना अनुसार सहकारी संस्थाले आगामी २०८२ आश्विन मसान्तभित्र अनिवार्य रूपमा लेखा परीक्षण सम्पन्न गर्नुपर्ने र परीक्षकको नियुक्ति सम्बन्धी विवरण महानगरलाई पठाउनुपर्ने छ ।

११ भदौ, ललितपुर ।

ललितपुर महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारी संस्थाहरूलाई सात बुँदे सूचना जारी गरेको छ । सहकारी ऐन २०७५ र आर्थिक ऐन २०८२/८३ अनुसारका प्रावधानलाई पालना गर्न महानगरले संस्थाहरूलाई निर्देशन दिएको हो । बुधबार जारी सूचना अनुसार सहकारी संस्थाले आगामी २०८२ आश्विन मसान्तभित्र अनिवार्य रूपमा लेखा परीक्षण सम्पन्न गर्नुपर्ने र परीक्षकको नियुक्ति सम्बन्धी विवरण महानगरलाई पठाउनुपर्ने छ । त्यसैगरी, वार्षिक साधारण सभा २०८२ पुस महिनाभित्र सम्पन्न गरी साधारण सभा सम्पन्न भएको मितिले १५ दिनभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था स्मरण गराइएको छ ।

महानगरले तोकिएको अवधिभित्र प्रतिवेदन नआए आर्थिक ऐनअनुसार जरिवाना लाग्ने चेतावनी दिएको छ । साथै, प्रतिवेदन पेश गर्दा चेकलिष्ट पूरा भएको सुनिश्चित गर्न आग्रह गरिएको छ ।  यसबाहेक, सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा जारी गरेका मापदण्ड तथा निर्देशन कार्यान्वयन गर्नुपर्ने भन्दै सचेत गराइएको छ । सहकारी संस्थाले प्रतिवेदनको हार्डकपी महानगरमा बुझाउनुका साथै वेबसाइटमार्फत समष्टिगत विवरण पनि अनिवार्य रूपमा अपलोड गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध
ड्रोन आक्रमणबाट नेपालीको मृत्युपछि कुवेतमा त्रस्त नेपाली समुदाय
ड्रोन आक्रमणबाट नेपालीको मृत्युपछि कुवेतमा त्रस्त नेपाली समुदाय
रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा
रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा
भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु
भारतमा घरायसी ग्यास आपूर्तिलाई प्राथमिकता, २५ दिने बुकिङको नियम लागु
देशका विभिन्न ठाँउमा ४ जना मृत फेला
देशका विभिन्न ठाँउमा ४ जना मृत फेला
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
बैतडी कारागारबाट भागेका दुई जना बाहेक सबै कैदी फर्किए
बैतडी कारागारबाट भागेका दुई जना बाहेक सबै कैदी फर्किए
पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन
पाल्पा अस्पताल निरीक्षणमा गएका स्वास्थ्यमन्त्री पौडेललाई बोल्ने र सुन्ने फुर्सद भएन
विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक
विप्लव नेतृत्वको नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो