सरकारले एकदिनमै गर्‍यो १७ अर्ब बढी भुक्तानी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ २५, २०८३
|
|
४६९ पटक हेरिएको
Shares
सरकारले एकदिनमै गर्‍यो १७ अर्ब बढी भुक्तानी

सारांश

  • चालु आर्थिक वर्ष अन्तिम साता प्रवेश गर्नै लाग्दा सरकारले भुक्तानीको गति ह्वात्तै बढाएको छ ।
  • बुधबार एकदिनमै १७ अर्ब ९ करोड रुपैयाँ बराबर भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकबाट देखिएको छ ।
  • कानुन अनुसार आज सरकारले गर्ने भुक्तानीको चेक काटिसक्नुपर्छ ।

 

२५ असार, काठमाडौं ।

चालु आर्थिक वर्ष अन्तिम साता प्रवेश गर्नै लाग्दा सरकारले भुक्तानीको गति ह्वात्तै बढाएको छ । बुधबार एकदिनमै १७ अर्ब ९ करोड रुपैयाँ बराबर भुक्तानी भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकबाट देखिएको छ । कानुन अनुसार आज सरकारले गर्ने भुक्तानीको चेक काटिसक्नुपर्छ । सोहीकारण अहिले भुक्तानी प्रणालीमा जाम हुने समस्या आएको छ ।

स्थानीय तहले सञ्चालन गर्ने सूत्र प्रणालीमा देशैभरि समस्या देखिएको छ । यस्तो समस्या भुक्तानी गर्ने अन्तिम दिन अझ बढी देखिने गर्छ । कार्यालयका अनुसार बुधबारसम्म कुल बजेट खर्च १५ खर्ब ३१ अर्ब ९७ करोड बराबर भएको छ । मंगलबार बजेट खर्च १५ खर्ब १४ अर्ब ८७ करोड बराबर थियो । पूँजीगत खर्च बुधबारसम्म लक्ष्यको ४० प्रतिशतमात्र छोएको छ । यस वर्ष कुल १ खर्ब ६३ अर्ब १७ करोड बराबर पूँजीगत खर्च भएको छ । सरकारले ४ खर्ब ७ अर्ब पूँजीगत खर्चको लक्ष्य राखेको छ । यस वर्ष कुल बजेट भने १९ खर्ब ६४ अर्बको कार्यान्वयन भइरहेको छ । राजस्व संकलन बुधबारसम्म लक्ष्यको ७८.१५ प्रतिशतमात्र भएको  छ । कुल १४ खर्ब ८० अर्बको लक्ष्य राखिएको राजस्वमा संकलन भने ११ खर्ब ५६ अर्बमात्र भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै
आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै
लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
अफगानिस्तानमा ट्यांकर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
सिरहामा ९० वर्षीय बृद्धलाई घरमै सुतिरहेको बेला ह*त्या : कारबाहीको माग गर्दै एमालेको प्रदर्शन
पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’
पर्यटक आकर्षणको केन्द्र बन्दै लमजुङको ‘राइनासकोट’
माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
माइतीघरमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
बूढानीलकण्ठमा झाडीभित्र पुरुषको श*व फेला
बूढानीलकण्ठमा झाडीभित्र पुरुषको श*व फेला
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल