आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको भीड

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
आज साउनको पहिलो सोमबार, शिवालयमा श्रद्धालुको भीड

सारांश

  • आज यो वर्षको पहिले साउने सोमबार ।
  • पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ ।
  • साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायत कार्य गर्छन् ।

५ साउन, काठमाडौं ।

आज यो वर्षको पहिले साउने सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको बिहानैदेखि भीड लागेको छ ।साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दानलगायत कार्य गर्छन् । साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

यही विश्वासका साथ काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वर र कलानेश्वर लगायत शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो लाग्ने गर्छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउने सोमबार पूजा आराधना गर्ने गरिन्छ । बोलबम तीर्थालुहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने गर्छन् । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले अन्तिम सोमबार विधिपूर्वक व्रत समाप्त गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री ओली चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका
शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं, सरकारको भनाइ
शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं, सरकारको भनाइ
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
जेनजी आन्दोलनबाट ध्वस्त कोइरालानिवास पुनर्निर्माण गरिँदै
जेनजी आन्दोलनबाट ध्वस्त कोइरालानिवास पुनर्निर्माण गरिँदै
  गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
  गोडैता–४ मा भीषण आ*गलागी, ५० बिघाभन्दा बढी उखु ज*लेर नष्ट
पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी
पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी
८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ
८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने