लमजुङमा छोराले गरे बुवाको ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
३० पटक हेरिएको
Shares
लमजुङमा  छोराले गरे बुवाको ह*त्या

सारांश

  • लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।
  • बुधवार बिहान ५७ वर्षीय नवराज गुरुङको जेठा छोरा लु बहादुरले हत्या गरेको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालय लमजुङले गुरुङको हत्या आरोपमा उनका छोरा लु बहादुरलाई पक्राउ गरेको जानकारी दिएको छ ।

१ जेठ, लमजुङ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । बुधवार बिहान ५७ वर्षीय नवराज गुरुङको जेठा छोरा लु बहादुरले हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले गुरुङको हत्या आरोपमा उनका छोरा लु बहादुरलाई पक्राउ गरेको जानकारी दिएको छ ।

वैशाख ३० गते बिहान करिब ६ बजे नवराज गुरुङको शव आफ्नै घर अगाडि मृत अवस्थामा भेटिएको सूचना प्राप्त भएपछि प्रहरीले घटनास्थलमा तत्काल टोली खटाएको थियो।  प्रारम्भिक अनुसन्धानमा गुरुङको टाउको, आँखासहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको भेटिएको थियो। घटनास्थल र शवको अवस्थाले अस्वाभाविक मृत्यु भएको शङ्का लागेपछि थप अनुसन्धान गर्दा मृतकको छोराले हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक रमेश बोहोराले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा मृतकका जेठा छोरा २३ वर्षीय लु बहादुर गुरुङले राति बुवा र आफूबिच घरायसी विषयमा भनाभन हुँदा लाठी प्रहार गरी बुवाको हत्या गरेको बयान दिएका छन्। बयान र प्रमाणको आधारमा उनलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान ज्यानसम्बन्धी कसुर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रेसम बोहोराले जानकारी दिनुभयो । उनी विरुद्ध जिल्ला अदालत लमजुङबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको सूचना अधिकारी प्रहरी निरीक्षक राज किशोर साह तेलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु
नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो
नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो
सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै
सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै
थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने
थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : अर्थमन्त्री पौडेल
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
निष्क्रिय भए ३० वटा विधेयक
निष्क्रिय भए ३० वटा विधेयक
मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन
मधेश सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजश्व संकलन