एकै दिन कैलालीबाट लागू औषधसहित ९ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २७, २०८१
|
|
३९ पटक हेरिएको
Shares
एकै दिन कैलालीबाट लागू औषधसहित ९ जना पक्राउ

सारांश

  • कैलालीको विभिन्न स्थानबाट लागू औषधसहित ९ जना पक्राउ परेका छन्।
  • धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट मिलन चोक बस्ने २४ वर्षीय सरोज चौधरी ५ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।
  • चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो।

२७ पुस,  धनगढी । कैलालीको विभिन्न स्थानबाट लागू औषधसहित ९ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ ब्यारेल नजिकबाट मिलन चोक बस्ने २४ वर्षीय सरोज चौधरी ५ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो। यसै गरी कैलारी गाउँपालिका–७ कटानी पुल नजिकबाट कैलारी गाउँपालिका–२ बस्ने २० वर्षीय अविनाश चौधरीले चलाएको से ७ प २४०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा अविनाश र मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २० कै दिनेश चौधरीको साथबाट ४१० मिलिग्राम खैरो हेरोइन फेला पारी मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–८ बुद्ध चोकबाट सोही ठाउँ बस्ने २४ वर्षीय सुमित घिमिरेलाई १ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार नजिकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने ३८ वर्षीय दिपक भट्ट ओनरेक्स नामक १५ बोतल लागू औषधसहित पक्राउ परेका छन्। भट्टलाई वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले बडादसैंको टीका नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका नलगाउने
नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो
नेप्से ८.१४ अंकले घट्यो, कारोबार बढ्यो
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित
अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
मधेशमा योजना खरिद बिक्रीको छानबिन गर्न विशेष समिति गठन
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
सहकारी सञ्चालकबाट ठगिएका वचत कर्ताहरुको रकम यथाशिघ्र फिर्ता गराउन सरकारलाई देउवाको आग्रह
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)
त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)