बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
२० पटक हेरिएको
Shares
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?

सारांश

  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार बेलुका ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
  •   शिक्षकको माग सम्बोधन हुन नसकेपछि शिक्षामन्त्री विद्या भण्डारीले राजीनामा दिएको केहीबेरपछि बैठक सुरु भएको हो।

८ वैशाख, काठमाडौँ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार बेलुका ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।  शिक्षकको माग सम्बोधन हुन नसकेपछि शिक्षामन्त्री विद्या भण्डारीले राजीनामा दिएको केहीबेरपछि बैठक सुरु भएको हो। सो बैठकबाट शिक्षकहरुको मागका सम्बन्धमा मन्त्रिपषिद्ले निर्णय गर्ने अपेक्षा गरिएको छ ।

उसो त भट्टराईले पदबाट राजीनामा दिएसँगै शिक्षकहरुको मागका सम्बन्धमा सरकार दबाबमा परेको छ । सरकारले शिक्षकहरुको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरेपनि शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले  सदा झैं अनुशासन र मर्यादा कायम राखेर संयम सहित आन्दोलनमा निरन्तर गरिरहने बताए । माग पूरा नहुँदासम्म माइतीघर क्षेत्रमा निरन्तर आन्दोलन रहने उनको भनाइ थियो ।  तर, सरकारले भने संसद बैठक वैशाख १२ गतेका लागि आह्वान भइसकेको सोही अधिवेशनबाट शिक्षा विधेयक पारित गर्ने आश्वासन दिँदै आएको छ ।

सरकारले यस्तो आवश्वासन दिएपनि ऐन नपाउँदासम्म आन्दोलन नरोकिने सुवेदीको भनाइ छ ।  सोहीअनुसार सोमबार २० औँ दिनको आन्दोलन भएको र अझैपनि उनीहरुको माग पूरा नहुने अवस्था बनेसँगै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी हुन् ।  उनले राजीनामा दिएसँगै सरकार र प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा परेका हुन् । बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्याजिक दुर्घटनामा ८ जना घाइते
म्याजिक दुर्घटनामा ८ जना घाइते
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन् : परामर्श सेवामा सुधार गर्नुहोस
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
उपसभामुख रानालाई हटाउने तयारी, सांसदहरुको हस्ताक्षर संकलन
तीन वटा संसदीय समितिको बैठक बस्दै
तीन वटा संसदीय समितिको बैठक बस्दै
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
फरार सूचीमा रहेका विद्यार्थी नेता यादव धरौटीमा रिहा
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
सिटौला बने राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक
लुम्बिनीविरुद्ध विराटनगरका लोकेशले बनाए अर्धशतक
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा