देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
३२ पटक हेरिएको
Shares
देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान

सारांश

  • ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् ।
  • शुक्रबार यातायात व्यवस्था विभाग मीनभवनमा पुगेर श्रमदान अभियानमा सहभागी हुँदै उज्यालो नेपाल अभियानका अभियन्ता समेत रहेका मन्त्री घिसिङले देश–विदेशमा रहेका नेपालीहरु मिलेर जेनजी आन्दोलनका क्रममा जलेर क्षति भएका पूर्वाधारलाई पहिलेको अवस्थामा फर्काउँदै देश निर्माण गर्ने अभियानमा एकजुट हुनुपर्ने बताए ।
  • उनले क्षति भएका पूर्वाधारलाई नेपालको पूर्वाधार हामी आफैँ बनाउँछौ भन्ने अभियानका साथ देशैभर सञ्चालन गरिने भएकाले त्यसमा सहभागी हुन अनुरोध पनि गरे ।

३ असोज, काठमाडौं ।

ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री कुलमान घिसिङले देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । शुक्रबार यातायात व्यवस्था विभाग मीनभवनमा पुगेर श्रमदान अभियानमा सहभागी हुँदै उज्यालो नेपाल अभियानका अभियन्ता समेत रहेका मन्त्री घिसिङले देश–विदेशमा रहेका नेपालीहरु मिलेर जेनजी आन्दोलनका क्रममा जलेर क्षति भएका पूर्वाधारलाई पहिलेको अवस्थामा फर्काउँदै देश निर्माण गर्ने अभियानमा एकजुट हुनुपर्ने बताए ।

उनले क्षति भएका पूर्वाधारलाई नेपालको पूर्वाधार हामी आफैँ बनाउँछौ भन्ने अभियानका साथ देशैभर सञ्चालन गरिने भएकाले त्यसमा सहभागी हुन अनुरोध पनि गरे । आन्दोलनका क्रममा करिव दुई खर्ब भन्दा बढिको क्षति भएको प्रारम्भीक अनुमान रहेको उल्लेख गर्दै मन्त्री घिसिङले नेपालीहरुको श्रमदान र आर्थिक सहयोगमा पुनर्निर्माण गर्न कोष खडा गरिएको बताए ।

पुननिर्माणमा विदेशमा रहेका नेपालीहरुको धेरै सहयोग आवश्यक रहेको उनको भनाइ छ । मन्त्री घिसिङले विदेशमा रहेका नेपालीहरुको मताधिकार, नागरिकता तथा भिसाको समस्यालाई वर्तमान सरकारले समाधान गर्ने प्रतिवद्धता समेत जनाए । त्यस्तै उहाले छिटै मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीले आन्तरिक छलफल गरिरहको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या
थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने- सुकुमवासीको पक्षमा हामी हुनेछौं
थापाथली पुगे श्रम संस्कृतिका सांसद आरेन राई, भने- सुकुमवासीको पक्षमा हामी हुनेछौं
धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
भ्रमजालबाट मुक्त हुनुस् : प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त
बालेन र सुदनविरुद्ध अखिलको जाहेरीबारे प्रहरीले २४ घण्टापछि जवाफ दिने
बालेन र सुदनविरुद्ध अखिलको जाहेरीबारे प्रहरीले २४ घण्टापछि जवाफ दिने