पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १०, २०८१
|
|
३१ पटक हेरिएको
Shares
पाकिस्तानको बलुचिस्तानमा बसबाट ओरालेर २३ यात्रुको गोली हानी हत्या

सारांश

  • पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीले बसमा यात्रा गरिरहेका २३ जनाको हत्या गरेका छन् ।
  • ती सबै पञ्जाब प्रान्तका थिए ।
  • मारिएका यात्रुहरू पञ्जाब प्रान्तबाट बलुचिस्तान जाँदै थिए ।

 

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारीले बसमा यात्रा गरिरहेका २३ जनाको हत्या गरेका छन् ।ती सबै पञ्जाब प्रान्तका थिए । मारिएका यात्रुहरू पञ्जाब प्रान्तबाट बलुचिस्तान जाँदै थिए । यो घटना बलुचिस्तानको मुसाखेल जिल्लाको हो ।सहायक आयुक्त मुसा खेल नजीबले घटनाको पुष्टि गर्दै  उर्दूलाई भने, ‘घटना जिल्लाको रारा हाशिम क्षेत्रमा भएको हो । प्रहरी नियन्त्रणमा रहेको उक्त क्षेत्रमा गएराति गोली चलेको हो ।’ जानकारीका अनुसार केही अज्ञात व्यक्तिहरूले पञ्जाब र बलुचिस्तानको बीचमा चलिरहेका ट्रक र बसहरूलाई रोकेका थिए । त्यसपछि यात्रुलाई ओराले । उनीहरूले परिचयपत्र जाँच गरे र बलोचबाहेक सबैको गोली हानी हत्या गरे । बलोच भनेको दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्त र इरानको सिस्तान प्रान्तमा बसोबास गर्ने एक जाति हो ।चरमपन्थी समूह बलोच लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ र उसले प्रान्तका विभिन्न क्षेत्रबाट सडक अवरुद्ध गरेको जनाएको छ । बलुचिस्तानका विभिन्न इलाकामा राजमार्गमा हतियारधारी मानिसको उपस्थितिका कारण यातायात अवरुद्ध भएको खबर आएको थियो । सरकारी अधिकारीहरुका अनुसार बन्दुकधारीहरुले कैयौं गाडीमा आगजनी समेत गरेका छन् । पछिल्लो २४ घण्टामा बलुच लिबरेशन आर्मीले धेरै सरकारी भवनमा क्षति पुर्याएका छन् । गोली प्रहारबाट ५ जना घाइते भएकोमा एक जनाको अवस्था चिन्ताजनक रहेको सहायक आयुक्तले जानकारी दिए । यसअघि शनिबार र आइतबार मध्यरातमा बलुचिस्तानका विभिन्न क्षेत्रबाट बम विष्फोट भएको खबर आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ