Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सहकारी छानबिन समितिको बैठक नयाँ बानेश्वरमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ४, २०८१
|
|
५३ पटक हेरिएको
Shares
सहकारी छानबिन समितिको बैठक नयाँ बानेश्वरमा

सारांश

  • सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ ।
  • समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी रहेको समितिका एक सदस्यले जानकारी दिए ।
  • ‘अहिले बैठक जारी छ’, ती सदस्यको भनाइ छ ।

 

४ असार, काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ ।

समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी रहेको समितिका एक सदस्यले जानकारी दिए । ‘अहिले बैठक जारी छ’, ती सदस्यको भनाइ छ ।  सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले आजबाट काम थाल्ने जनाएको थियो ।

सहकारीको बचत रकम अपचलन रकम छानबिन गर्न गत जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउने समय सीमा निर्धारण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ