Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राजसंस्थाको पक्षमा काठमाडौंमा मोटरसाइकल र्‍याली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
८८ पटक हेरिएको
Shares
राजसंस्थाको पक्षमा काठमाडौंमा मोटरसाइकल र्‍याली

सारांश

  • राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ ।
  • राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरूले शनिबार काठमाडौंको सामाखुसी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
  • सामाखुसी, बालाजु हुँदै प्रदर्शन गर्दै अघि बढ्न खोज्दा प्रहरीले बनस्थलीमा रोकेको थियो ।

२२ कात्तिक, काठमाडौं ।

राजसंस्था पुनर्स्थापनाको पक्षमा वकालत गर्दै शाही युवा शक्ति नेपालले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ । राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरूले शनिबार काठमाडौंको सामाखुसी क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सामाखुसी, बालाजु हुँदै प्रदर्शन गर्दै अघि बढ्न खोज्दा प्रहरीले बनस्थलीमा रोकेको थियो । प्रहरीले रोकेपछि उनीहरूले बनस्थलीमा नै कोणसभा गरेका थिए । उनीहरूले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई हटाउनुपर्ने माग राखेका छन् । त्यस्तै मुलुकलाई निकास दिन राजसंस्था पुनर्स्थापना अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?