गृह मन्त्रालयका ३ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
गृह मन्त्रालयका ३ सहसचिवको जिम्मेवारी हेरफेर, को कहाँ ?

सारांश

  • गृह मन्त्रालय ३ सहसचिवको जिम्मेवारी हेरफेर भएको छ ।
  • गृहमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत ३ सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् ।
  • जसमा पाल्पाको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा सरुवा भएर आएका सहसचिव आनन्द काफ्लेलाई नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ भने उक्त जिम्मेवारीमा रहेका सहसचिव डा.

 

१५ मंसिर, काठमाडौं । गृह मन्त्रालय ३ सहसचिवको जिम्मेवारी हेरफेर भएको छ । गृहमन्त्री रमेश लेखकले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत ३ सहसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् ।

जसमा पाल्पाको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा सरुवा भएर आएका सहसचिव आनन्द काफ्लेलाई नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ भने उक्त जिम्मेवारीमा रहेका सहसचिव डा.टोकराज पाण्डेलाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिएको छ । यस्तै विपद् महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव डा.भिष्मकुमार भुसाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?