ठमेलमा एक महिना अघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर २६, २०८१
|
|
२५ पटक हेरिएको
Shares
ठमेलमा एक महिना अघि युवामाथि रड प्रहार गरेको आरोपमा ५ जना पक्राउ

सारांश

  • मध्यराति काठमाडौंको ठमेलमा एक युवामाथि रड प्रहार भएको एक महिनापछि पाँच जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेहरूमा संखुवासभाका चिचिला गाउँपालिका–२ दिदिङका २४ वर्षीय लाक्पा शेर्पा, नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनीका २१ वर्षीय रञ्जित तामाङ, तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयका २२ वर्षीय कृष्णबीर मगर भनिने कृष्पिन थापा, काभ्रेको रोशी गाउँपालिका–९ का २६ वर्षीय सोनु लामा र सोही ठाउँका २१ वर्षीय राधा लामा छन् ।
  • उनीहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न ठाउँहरूबाट पक्राउ गरेको हो ।

२६ मंसिर, काठमाडौं । मध्यराति काठमाडौंको ठमेलमा एक युवामाथि रड प्रहार भएको एक महिनापछि पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा संखुवासभाका चिचिला गाउँपालिका–२ दिदिङका २४ वर्षीय लाक्पा शेर्पा, नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनीका २१ वर्षीय रञ्जित तामाङ, तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयका २२ वर्षीय कृष्णबीर मगर भनिने कृष्पिन थापा, काभ्रेको रोशी गाउँपालिका–९ का २६ वर्षीय सोनु लामा र सोही ठाउँका २१ वर्षीय राधा लामा छन् ।

उनीहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न ठाउँहरूबाट पक्राउ गरेको हो । यो समूहले १६ कात्तिक राति १२ बजेतिर ठमेलको जेपी मार्गस्थित कर्मा क्लब अगाडि निरज बडुवालमाथि आक्रमण गरेको थियो । रड, नकलगायत आक्रमण गर्दा बडुवाल गम्भीर घाइते भएका थिए ।उनीहरू विरुद्ध १६ कात्तिकमा प्रहरी वृत्त सोह्रखुट्टेमा जाहेरी दर्ता भएको थियो । पक्राउ परेका पाँचै जनालाई कारबाहीका लागि सोह्रखुट्टे वृत्त पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की
बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् एजेण्डा ?
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् एजेण्डा ?
शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग
शिक्षा नीति तथा कानून निर्माणमा निजी क्षेत्रको सहभागिता अनिवार्य र सुनिश्चित गर्न माग
राजदेवी मन्दिरमा आज क्षमा पुजा गरिँदै
राजदेवी मन्दिरमा आज क्षमा पुजा गरिँदै
रौतहटमा एसईईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा
रौतहटमा एसईईको अन्तिम तयारी : १० हजार बढी विद्यार्थी सहभागी हुँदै, सुरक्षा व्यवस्था कडा
सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
सर्लाहीबाट काठमाडौं जाँदै गरेको बसको ठक्करबाट हेटौँडामा एक जनाको मृत्यु
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख
संसद् चल्न नसक्दा महत्वपूर्ण विधेयक अड्किए : सभामुख
सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
सीमलताल दुर्घटना : त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली
प्रधानमन्त्रीको जवाफ चाहिने अडानमा विपक्षी, राष्ट्रियसभा बैठक स्थगित
प्रधानमन्त्रीको जवाफ चाहिने अडानमा विपक्षी, राष्ट्रियसभा बैठक स्थगित
नेप्से परिसूचकमा निरन्तर गिरावट
नेप्से परिसूचकमा निरन्तर गिरावट