मधेस प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १, २०८३
|
|
६४ पटक हेरिएको
Shares
मधेस प्रदेश  सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट

सारांश

  • मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
  • अघिल्लो आर्थिक वर्षको तुलनामा यो बजेट करिब ६ अर्ब रुपैयाँले कम हो।
  • प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५।

१ असार, जनकपुरधाम ।

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यो बजेट करिब ६ अर्ब रुपैयाँले कम हो। प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५।५३ प्रतिशत विनियोजन गरिएको जानकारी दिए। त्यसै गरी पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ अर्थात् कुल बजेटको ६४।३६ प्रतिशत बजेट छुट्याइएको छ। बजेटको स्रोत व्यवस्थापनतर्फ प्रदेश सरकारले आन्तरिक राजस्व तथा विविध आयबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

त्यस्तै संघीय सरकारबाट राजस्व बाँडफाँडमार्फत १२ अर्ब ८३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। अर्थमन्त्री भट्टराईका अनुसार संघीय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ रहनेछ भने चालु आर्थिक वर्षबाट बाँकी रहने नगद मौज्दात ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ बजेट व्यवस्थापनमा उपयोग गरिनेछ। प्रदेश सरकारले आन्तरिक ऋणमार्फत १ अर्ब ५० करोड रुपैयाँ जुटाउने लक्ष्य पनि लिएको छ।

यसैगरी प्रदेश सरकारले संघीय सरकारबाट चार प्रकारका अनुदान प्राप्त गर्ने भएको छ। वित्तीय समानीकरण अनुदानबापत ७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ, सशर्त अनुदानबापत ८ अर्ब १० करोड २८ लाख रुपैयाँ, समपूरक अनुदानबापत ९४ करोड ७४ लाख रुपैयाँ तथा विशेष अनुदानबापत ७० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसरी संघीय सरकारबाट प्राप्त हुने कुल अनुदान रकम १७ अर्ब ५९ करोड २७ लाख रुपैयाँ रहनेछ।

(बजेट पूर्णपाठ)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै
ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो
सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो
प्रहरीको प्रवेशसँगै मध्यरातमा पशुपति कोटिहोममा तनाव
प्रहरीको प्रवेशसँगै मध्यरातमा पशुपति कोटिहोममा तनाव
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर
प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण
प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण
राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत
राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत
रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने
रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने
महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग
महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग