प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २०, २०८०
|
|
३४ पटक हेरिएको
Shares
प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण

सारांश

  • मधेश प्रदेशका जिल्लाहरूमा मादकपदार्थ सेवन गरेर सवारी चलाएका कारणले दुर्घटनामा वृद्धि भएपछि विश्व स्वास्थ्य सङ्गठनले त्यसमा कमी ल्याउन लागि प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेको छ ।
  • विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा.
  • केदार खड्काले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई आज आइतबार जनकपुरधामस्थित मधेश भवनमा आयोजित कार्यक्रममा ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेका छन् ।

२० फागुन,जनकपुरधाम। मधेश प्रदेशका जिल्लाहरूमा मादकपदार्थ सेवन गरेर सवारी चलाएका कारणले दुर्घटनामा वृद्धि भएपछि विश्व स्वास्थ्य सङ्गठनले त्यसमा कमी ल्याउन लागि प्रदेश सरकारलाई ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. केदार खड्काले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई आज आइतबार जनकपुरधामस्थित मधेश भवनमा आयोजित कार्यक्रममा ३० थान ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेका छन् । कार्यक्रममा मुख्यमन्त्री यादवले प्राप्त भएका ब्रेथलाइजर मेसिन मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेललाई हस्तान्तरण गरे । सडक सुरक्षाका लागि उपयोगी ती ब्रेथलाइजर मेसिन आवश्यकताका आधारमा मधेश प्रदेशका ८ वटा जिल्लामा चेक प्वाइन्ट तोकेर हस्तान्तरण गरिने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

कार्यक्रममा मुख्यमन्त्री यादवले प्रहरीलाई प्रदेशमा शान्ति सुरक्षा तथा सडक सुरक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका साधनस्रोत उपलब्ध गराउनका लागि प्रदेश सरकार तयार रहेको बताए । उनले ट्राफिक प्रहरीले मान्छेको जीवनरक्षाका लागि जाँच गर्नुका साटो बढी राजश्व सङ्कलन गर्नका लागि जाँच गरेको पाइएको गुनासो गरे । उनले मधेशका जनतालाई सवारीचालक अनुमतिपत्र पाउनमा कुनै कठिनाइ नहोस् भन्नका लागि प्रदेशका ८ वटै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना गरेर चालक अनुमतिपत्र पाउने योग्यता तथा क्षमता भएकालाई दिनुपर्ने पक्षमा प्रदेश सरकार रहेको भन्दै यसका लागि ट्रायल सेन्टरहरूमा सेन्सर जडान गर्ने गरी सरकार अगाडि बढेको बताए ।

मुख्यमन्त्री यादवले आफू मुख्यमन्त्री भए पनि प्रदेशमा शान्ति सुरक्षासँग सम्बन्धित कतिपय विषयमा जानकारी नहुने गरेको उल्लेख गर्दै प्रहरीले आफूहरूसँग समन्वय नगरेको गुनासो गरे । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले मधेश प्रदेशमा रहेको बढ्दो सवारी दुर्घटनालाई न्युन गर्नका लागि प्रदेश सरकारले सबै प्रकारका सहयोग गर्न तयार रहेको बताए । उनले विश्वस्वास्थ्य सङ्गठनले प्रदान गरेका ब्रेथलाइजर मेसिनबाट दुर्घटना न्युन गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

मधेश प्रदेशका जिल्लाहरूमा चालु आर्थिक वर्षको हालसम्म भएका सडक दुर्घटनामा परेर २ सय ५५ जनाको मृत्यु भएको छ भने गत आर्थिक वर्षमा ५ सय ४६ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षमा ५ हजार ७४ सवारी दुर्घटनामा परेर घाइते भएका छन् । गत वर्ष ९ हजार ६ सय ७२ जना घाइते भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
सशस्त्र प्रहरी बल विपद् उद्धारमा अब्बल बन्दै गएको छ: गृहमन्त्री लेखक
तोलामा १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
तोलामा १ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
आफ्नै देशका नागरिकलाई नेपाल ल्याएर ठगी गरेको आरोपमा ५ बंगलादेशी पक्राउ
आफ्नै देशका नागरिकलाई नेपाल ल्याएर ठगी गरेको आरोपमा ५ बंगलादेशी पक्राउ
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  (तस्वीरहरू)
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरू)