ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
३५ पटक हेरिएको
Shares
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’

सारांश

  • अब उक्त कर १२५ प्रतिशत हुनेछ।
  • यसअघि बुधबार चीनले अमेरिकाबाट आयात हुने सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थिए।
  • चीनले लगाएको नयाँ कर शनिबारबाट लागू हुनेछ।

चीनले एकपटक फेरि अमेरिकाबाट आयात हुने बस्तुमा ट्यारिफ (कर) बढाएको छ। अब उक्त कर १२५ प्रतिशत हुनेछ। यसअघि बुधबार चीनले अमेरिकाबाट आयात हुने सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थिए। चीनले लगाएको नयाँ कर शनिबारबाट लागू हुनेछ। यद्यपि, चीनले अब अमेरिकाकाले कर बढाए पनि आफूले नबढाउने बताएको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘अब यो एक मजाक बन्नेछ।’ अमेरिकाको करले उसको धम्की र दबाबलाई उजागर गरेको उनले बताए।

अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अतिरिक्त ३४ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए। ट्रम्पको घोषणापछि चीनले पनि ३४ प्रतिशत अतिरिक्त ट्यारिफ लगाएको थियो। त्यसपछि ट्रम्पले थप ५० प्रतिशत ट्यारिफ घोषणा गरेका थिए। त्यसको जवाफमा चीनले पनि ५० प्रतिशत थप गर्दै ८४ प्रतिशत पुर्‍याएको थियो। ट्रम्पले फेरि चीनबाट हुने आयातमा कुल १४५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए। तर बाँकी देशलाई ९० दिनको समय दिँदै रेसिप्रोकल ट्यारिफ १० प्रतिशतमा झारेका थिए। त्यसको जवाफमा चीनले पनि अमेरिकी आयातमा १२५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
निर्वाचनको मुखमा भेटिए बन्दुक, भेटिएनन् बन्दुकधारी
निर्वाचनको मुखमा भेटिए बन्दुक, भेटिएनन् बन्दुकधारी
काठमाडौंमा सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन
काठमाडौंमा सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन
बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
बागमती गोल्डकप फुटबल प्रतियोगिता आगामी शनिबारदेखि सुरु
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
मधेशको मुख्यमन्त्रीमा दावी पेश गर्न ५ दलका नेता प्रदेश प्रमुख कार्यालयमा
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
प्रसाईंका तीन शब्द- तस्करविरूद्धको लडाइँ, म आत्तेको छैन, आफैं पक्राउ परेँ
एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो
एमसीसी अन्तर्गतका ३ वटै सबस्टेसनको ठेक्का लाग्यो
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची