ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
३४ पटक हेरिएको
Shares
ओली सरकार असफल भयो, यो सरकार आफैँ कुहिएर झर्छ : दीनानाथ शर्मा

सारांश

  • नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्वमन्त्री दीनानाथ शर्माले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् ।
  • उनले भने,‘यो सरकारलाई अब नालायक त के भनौँ, यो भन्दा त्यति मिठो चाहिँ नलाग्ला, तर यो सरकार असफल भयो ।
  • यसले राष्ट्रलाई बदनाम गराउने काम गर्‍यो ।

२१ असार, काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्वमन्त्री दीनानाथ शर्माले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् । उनले भने,‘यो सरकारलाई अब नालायक त के भनौँ, यो भन्दा त्यति मिठो चाहिँ नलाग्ला, तर यो सरकार असफल भयो । यसले राष्ट्रलाई बदनाम गराउने काम गर्‍यो । देशलाई बदनाम गराउने विषयमा चाहिँ यो सरकार सफल छ । यो देशमा हामी मात्रै छैनौँ, १४० भन्दा बढी देशका कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरू यहाँ छन् ।

हरेक दिन राज्यको तर्फबाट भएका भ्रष्टाचार र अनियमितताका केसहरू चाहे संसद्मा हुने गतिविधिहरू हुन् वा चाहे सरकारको तर्फबाट हुने गतिविधिहरू हुन्, या चाहे न्यायालयबाट हुने फैसला र हुने गतिविधिहरू हुन् ती राष्ट्रको शिर निहुरिने, झुक्ने प्रकारका देखा परेका छन् । यसले नेपाल र नेपालीहरूको शिर निहुरिएको छ ।’उनले अन्तर्राष्ट्रिय जगतमा ‘नेपाल भ्रष्टाचारीहरूको देश, न्याय छैन, नेपालमा राज्यको तर्फबाट नै मानव तस्करी हुन्छ, तस्करहरूलाई कारबाही गर्ने स्थिति छैन शैक्षिक संस्थाहरूमा महिनौँ दिन तालाबन्दी हुन्छ’ भन्ने सन्देश प्रवाह भएको टिप्पणी गरे । उनले भने,‘यस कारणले यो सरकार सबै पक्ष र पाटोबाट नेपाली र नेपालीहरूको शिर निहुराउने र नेपाललाई बदनाम गराउने काममा सफल छ ।’ उनले सामाजिक न्याय र समृद्धि, राष्ट्रिय हितको पक्षमा यो सरकारले काम गर्न नसकेको ठोकुवा गरे । उनले भने,‘मलाई लाग्छ गठबन्धनका साथीहरूको आत्माले पनि अहिलेको सरकार र नेतृत्वले राष्ट्रलाई हित गर्‍यो भन्दैन ।

यो सरकारले राम्रो परिणाम दिएन ।’ उनले सरकार असफल भयो भन्दैमा आफ्नो दल सरकार फेर्नमा सक्रिय नभएको पनि जिकिर गरे । उनले भने,‘माओवादी केन्द्रले सरकार फेर्नमा सक्रियता प्रदर्शन गरेको छैन । यो जरुरी छैन । हामी ०८४ सम्म जनताको बिचमा जान्छौँ । हामीले धेरै धोका खाइसकेका छौँ । अब बेइमानीहरूसँग सङ्गत गर्दैनौँ । हामी त सङ्गठन निर्माणमा जान्छौँ  प्रतिपक्षको हैसियतले सडक र सदनबाट आवाज उठाउँछौँ ।’ उनले अहिलेको सरकारलाई आफूहरूले गिराउन नपर्ने र आफैँ कुहिएर झर्न लागेको दाबी गरे । उनले भने,‘यो सरकारलाई हामीले गिराउनुपर्दैन । यो सरकार कुहिएर झर्ने अवस्थामा पुगेको छ । विकास र विनाशको कारण आन्तरिक हुन्छ । गठबन्धनभित्र देखापरेको उकुसमुकुस अन्तिम अवस्थामा पुगेको छ, सरकार आफैँ कुहिएर झर्ने अवस्थामा पुगेको छ ।’

राष्ट्रिय रूपमा समस्या आएको र सरकार बदनाम भएको सन्दर्भमा आफ्नो दलका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच हिजो भेटवार्ता र गम्भीर कुराकानी भएको पनि शर्माले खुलासा गरे । राष्ट्रिय राजनीतिमा प्रचण्डले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र अहिले समस्या आउँदा पनि त्यहीअनुसार आफूलाई प्रस्तुत गरेको उनको भनाई छ । उनले भने,‘माओवादी जिम्मेवारीपूर्वक उभिन्छ । राष्ट्रिय हितकको लागि हामी गम्भीर हुन्छौँ । राष्ट्रिय रूपमा समस्या आयो, सरकार बदनाम भयो । नेपाली कांग्रेस सरकारमा छ, ठुलो दल भएको कारण पनि कांग्रेस जिम्मेवार हो । कांग्रेसले किन सरकारको दाबी गरेन ? ओलीको ठाउँमा देउवा किन बन्नुभएन ?’ उनले आफूहरू सरकार ढलाउनुपर्छ भनेर गणितीय खेलमा नलागेको दोहोर्‍याए । उनले कांग्रेस–एमालेको सरकार र गठबन्धन चलिराख्दा नै आफूहरूलाई फाइदा हुने हिसाब सुनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई प्रचण्डको आरोप- देशकै जाली, झेली, कपटी र बेइमानी हुन्
ओलीलाई प्रचण्डको आरोप- देशकै जाली, झेली, कपटी र बेइमानी हुन्
तीन बालकको पोखरीमा डुबेर मृत्यु
तीन बालकको पोखरीमा डुबेर मृत्यु
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदुतहरुको भुमिका महत्वपूर्णः परराष्ट्रमन्त्री राणा
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर
गाजाका विद्यालयमा इजरायली आक्रमणः २५ जनाको मृत्यु
गाजाका विद्यालयमा इजरायली आक्रमणः २५ जनाको मृत्यु
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण