सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
३७ पटक हेरिएको
Shares
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो

सारांश

  •   सहकारी वचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले सहकारी पीडितको वचत रकम फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
  • सहकारी वचतकर्ताको वचत रकम फिर्ता गर्न र पीडकलाई कारबाहीको माग गर्दै महासंघले मंगलवार काठमाडौंमा मोटरसाइकल ¥याली गरेको छ।
  •   साथै महासंघले १६ समस्याग्रस्त सहकारीहरुको सूचि सहकारी नियमन प्राधिकरणमा बुझाएको छ ।

६ साउन, काठमाडौं । 

सहकारी वचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले सहकारी पीडितको वचत रकम फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको छ । सहकारी वचतकर्ताको वचत रकम फिर्ता गर्न र पीडकलाई कारबाहीको माग गर्दै महासंघले मंगलवार काठमाडौंमा मोटरसाइकल ¥याली गरेको छ।  साथै महासंघले १६ समस्याग्रस्त सहकारीहरुको सूचि सहकारी नियमन प्राधिकरणमा बुझाएको छ । महांघमा आवद्ध १६ वटा समस्याग्रस्त सहकारीहरुको सूचि प्राकिरणमा बुझाएको हो ।

अभियानका कोषाध्यक्ष देव श्रेष्ठले सहकारी पीडितलाई न्याय दिन माग गर्दै लामो समयदेखि आफूहरुले आन्दोलन जारी राखेको भएपनि राज्यले सुनुवाइ नगरेको गुनासो गर्नुभयो । शासकहरु सहकारी पीडितको माग सम्बोधन गर्न तयार नरहेको उहाँको भनाइ छ । उहाँले सहकारी पीडितको माग राज्यले नसुनेको र आन्दोलनकारीको शक्ति नपत्याएनको भन्दै वचतकर्ताको वचत मागेर होइन खोसेर लिनुपर्ने अवस्था आएको चेतावनी दिनुभयो ।उहाँले भन्नुभयो, ‘सहकारी पीडितलाई न्याय देउ भनेर हामी हिँडेको ३० महिनाभन्दा बढी भइसक्यो । तर पनि राज्यका शासकहरुले हाम्रो मागको सुनुवाई गरेन । हाम्रो अधिकार हामीले मागेर पाउँथ्यौं भने आजसम्म राज्यले दिसक्थ्यो । तर राज्यले हाम्रो शक्तिलाई पत्याएन ।

त्यसकारण अब हाम्रो हक र अधिकार हामी मागेर होइन खोसेर लिनुपर्छ भनेर आज १६ वटा समस्याग्रस्त सहकारीहरुलाई प्राधिकरणमा लाँदैछौं । त्यसपछि हामी कर्जा असुलिकरणमा हामी जान्छौं । छिटोभन्दा छिटो महासंघमा आवद्ध भएका सहकारीहरुलाई समस्याग्रस्त सहकारीको रुपमा लिएर त्यसको सुधार गरेन भने शक्ति प्रदर्शन हुने सन्देश दिन चाहन्छु ।’ अभियानले समस्याग्रस्त सहकारीका सञ्चालकहरूमाथि कारबाही र पीडितलाई रकम फिर्ता गराउन माग विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । सहकारीहरूको नियमन र वचतकर्ताको बचत रकम अपचलन गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याउनको लागि सरकारले ललितपुरको पुलचोकमा प्राधिकरण स्थापना गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान
राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान
संसद् सञ्चालनमा उही अडान, छलफलमा सभामुख
संसद् सञ्चालनमा उही अडान, छलफलमा सभामुख
भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु
भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
एनएमबि ब्यांकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
नयाँ दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं : अध्यक्ष यादव
नयाँ दल दर्ता प्रक्रिया नै असंबैधानिक छ, हामी अदालत जान्छौं : अध्यक्ष यादव
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी
लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
प्रधानमन्त्री ओलीले आज मन्त्रालयगत योजनाका विषयमा सचिवलाई निर्देश गर्ने
रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक
रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक