सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १०, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा

सारांश

  • सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को ८औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा इन्जिनियर रविभूषण झाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
  • सिडेनको कार्यकारिणी समिति चयनका लागि आगामी भदौ १४ गते निर्वाचन हुँदैछ ।
  • त्यस्तै, बागमती प्रादेशिक समितिको सभापति पदमा इन्जिनियर सुजन भट्टले उम्मेदवारी घोषणा गरेका छन् ।

 

काठमाडौं। सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को ८औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा इन्जिनियर रविभूषण झाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । सिडेनको कार्यकारिणी समिति चयनका लागि आगामी भदौ १४ गते निर्वाचन हुँदैछ ।

त्यस्तै, बागमती प्रादेशिक समितिको सभापति पदमा इन्जिनियर सुजन भट्टले उम्मेदवारी घोषणा गरेका छन् । तेस्रो बागमती प्रादेशिक समितिका उम्मेदवारहरूमा सभापतिमा भट्ट उपसभापतिमा मनिष पन्थ, सचिवमा अशिष थापा, उप–सचिवमा राजेश यादव, कोषाध्यक्षमा स्वस्तिका कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसैगरी प्रदेश सदस्यहरूमा सतीश तिवारी, जानकी रमन सिंह, भिम बहादुर साउद, नितेश ठाकुर, प्रकाश पुन, सुरक्षा पुडासैनी, प्रबिण कुमार महतो, मनिष घिमिरे, दावा तामाङ र रामकान्त जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?