Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
७६ पटक हेरिएको
Shares
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने

सारांश

  • सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अनुवाइमा काठमाडौंमा आन्दोलन सुरू भएको हो ।
  • आन्दोलनका लागि विभिन्न जिल्लाबाट लघुवित्त पीडित काठमाडौंमा आएका छन् ।
  • बिहीबार उनीहरूले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

 

काठमाडौं : सरकार र सहकारी तथा लघुवित्त संघर्ष समितिबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अनुवाइमा काठमाडौंमा आन्दोलन सुरू भएको हो । आन्दोलनका लागि विभिन्न जिल्लाबाट लघुवित्त पीडित काठमाडौंमा आएका छन् । बिहीबार उनीहरूले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।

सहकारी पीडित,लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरुसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै पुन आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष कुशलभ केसीले बताए । उनले सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको आरोप लगाए। समस्या समाधानका लागि विभिन्न समिति बनाएर प्रतिवेदन बुझाइसके पनि कार्यान्वयनमा समस्या देखिएको महासंघको आरोप छ । प्रदर्शनकारीहरूले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने,मिटरव्याजी तमसुक रद्द गर्नुपर्ने लगायतका माग समेत अघि सारेका छन् ।  उनीहरूले  आफ्ना माग पूरा नभए घर नफर्किने चेतावनी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?