Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
३६ पटक हेरिएको
Shares
क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरूको अनुगमनलाई  विभिन्न जिल्लाबाट  जारी राखेका छन् ।
  • मुख्यमन्त्री आचार्यले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरूको आज  अनुगमन गरेका छन् ।
  • यसअघि अर्घाखाँची, प्युठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरूको पनि अनुगमन गरिसकेका थिए ।

असोज, बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरूको अनुगमनलाई  विभिन्न जिल्लाबाट  जारी राखेका छन् । मुख्यमन्त्री आचार्यले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरूको आज  अनुगमन गरेका छन् । यसअघि अर्घाखाँची, प्युठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरूको पनि अनुगमन गरिसकेका थिए । उनले अन्य जिल्लाका पनि अनुगमन पुग्ने मुख्यमन्त्रीको योजना रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार  दशरथ घिमिरेले रातोपाटीलाई बताए ।

अनुगमनका क्रममा बाँकेकामा  आचार्यले अत्यावश्यक सेवा नरोकिने बताए । कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेको बताए । उनले  जेनजी आन्दोलनको नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको छ ।  जेनजी आन्दोलनको नाममा प्रदेशभर दुई सय बढी कार्यालयमा क्षति पुगेको छ । प्रदेशमा करिब दुई खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भए पनि सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाइएको जानकारी मुख्यमन्त्री आचार्यले दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद
एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
संसदको बैठकमा आज भ्रष्टाचार निवारण विधेयकको प्रस्ताव पेश गरिने
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
प्र.स.नि साह जिल्लाको निर्देशनको अवहेलना गर्दै स.प्र.ना.नि अधिकारीसँग मिलि तस्करी कार्यलाई सघाउदै
काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने
काठमाडौँबाट बाहिरिने रात्रिबसले ५ बजेभित्र नागढुंगा कटिसक्नुपर्ने
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री
बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाइयो, न्यायालयप्रति विश्वास छ: माधव नेपाल
पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान
पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान
जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ : रमेश लेखक
जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ : रमेश लेखक
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते