बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २३, २०८०
|
|
४४ पटक हेरिएको
Shares
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

सारांश

  • बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
  • बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीएर दुर्घटना हुँदा चालक, सहचालक सहित ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।

२३ भदौ, दाङ। बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीएर दुर्घटना हुँदा चालक, सहचालक सहित ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी र एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको  छ । तीमध्ये २ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । डिएसपी डाँगीका अनुसार बसमा ४१ यात्रु सवार थिए । उनीहरू सबै बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वार बर्दियाको टोली हुन् । उनीहरू दाङ भ्रमणबाट फर्किँदै थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
अफगानिस्तानविरुद्ध चम्किए आकाश, एक्लैले लिए ५ विकेट
अफगानिस्तानविरुद्ध चम्किए आकाश, एक्लैले लिए ५ विकेट
सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक
सञ्चारमाध्यमलाई निसाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री लेखक
शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले गर्‍याे सार्वजनिक
शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले गर्‍याे सार्वजनिक
गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको श*व फेला
गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको श*व फेला
हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ
मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?
मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?
भारत भ्रमणको तेस्रो दिन आज अर्थमन्त्री वाग्लेले नेपालमा लगानी गर्न आह्वान गर्ने
भारत भ्रमणको तेस्रो दिन आज अर्थमन्त्री वाग्लेले नेपालमा लगानी गर्न आह्वान गर्ने
चौधरी ग्रुपद्वारा देशको कुल राजस्वमा दुई प्रतिशत योगदान
चौधरी ग्रुपद्वारा देशको कुल राजस्वमा दुई प्रतिशत योगदान
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची