सेम्टेम्बरमा भित्रिए ८८ हजार २४८ पयर्टक
सारांश
- नेपाल पर्यटन बोर्डले अध्ययागन विभागबाट प्राप्त तथ्यांकअनुसार २०२५ को सेम्टेम्बरको तुलनामा २०२६ को सेम्टेम्बरमा पर्यटकको आवगमन १२.
- १ प्रतिशतले बढेको छ।
- २०२५ को सेम्टेम्बर ७८ हजार ७११ जना पर्यटक नेपाल आएका थिए भने २०२६ को सेम्टेम्बरमा ८८ हजार २४८ पर्यटक आएको बोर्डको तथ्यांकमा देखिन्छ।
नेपालमा पर्यटकको आवगमन बढेको छ। नेपाल पर्यटन बोर्डले अध्ययागन विभागबाट प्राप्त तथ्यांकअनुसार २०२५ को सेम्टेम्बरको तुलनामा २०२६ को सेम्टेम्बरमा पर्यटकको आवगमन १२.१ प्रतिशतले बढेको छ। २०२५ को सेम्टेम्बर ७८ हजार ७११ जना पर्यटक नेपाल आएका थिए भने २०२६ को सेम्टेम्बरमा ८८ हजार २४८ पर्यटक आएको बोर्डको तथ्यांकमा देखिन्छ।
समीक्षा अवधिमा पर्यटकहरुको आवगमन ९ हजार ५३७ जनाले बढेको देखिन्छ।
नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। सेम्टेम्बरमा भारतबाट १७ हजार ४२५ जना नेपाल घुम्न आएका छन्। नेपाल आउने कुल पर्यटकमध्ये भारतीयको हिस्सा १९.७५ छ।
दोस्रो स्थानमा चीन रहेको छ। चीनबाट ११ हजार २१२ जना पर्यटक आएका छन्। यो कुल पर्यटकमध्येको १२.७१ प्रतिशत हो।
८ हजार २९९ जना सहित अमेरिका तेस्रो स्थानमा छ। यो नेपाल घुम्न आउने पर्यटकमध्येको ९.४० प्रतिशत हो।
क्षेत्रगत रुपमा हेर्दा सबैभन्दा धेरै दक्षिण एसियाबाट आएका छन्। सेम्टेम्बरमा दक्षिण एसियाबाट ३० हजार ८५ जना आएका छन्।
यस्तै एसियाबाट १९ हजार ८८८ जना, युरोपबाट १५ हजार १४८ जना, ओसिनियाबाट ५ हजार ४२२, दक्षिण र उत्तर अमेरिकाबाट १० हजार १०७ जना, मध्यपूर्वबाट २ हजार ६०६ जना, अफ्रिकाबाट ४२४ जना र अन्य क्षेत्रबाट ४ हजार ५६८ जना नेपाल घुम्न आएका छन्।
प्रतिक्रिया