काठमाडौंमा नक्कली सुन देखाएर लुटपाट, ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १४, २०८२
|
|
२१ पटक हेरिएको
Shares
काठमाडौंमा नक्कली सुन देखाएर लुटपाट, ३ जना पक्राउ

सारांश

  • नक्कली सुन देखाउँदै लुटपाटको धन्दा चलाएको र लुटिएको सुन खरिद गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–१० कोक्टी घर भएका ४७ वर्षीय बिमल तामाङ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका बालुवाखानी बस्ने सिन्धुली दुधौली नगरपालिका–१२ घर भएका ३९ वर्षीय लालबहादुर घिसिङ रहेका छन् ।
  • साथै यसरी लुटिएका सुनका गरगहनाहरू खरिद गरेको आरोपमा पनि एक जना पक्राउ परेका छन् ।

१४ साउन, काठमाडौं ।

नक्कली सुन देखाउँदै लुटपाटको धन्दा चलाएको र लुटिएको सुन खरिद गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुली दुधौली नगरपालिका–१० कोक्टी घर भएका ४७ वर्षीय बिमल तामाङ र काठमाडौं बूढानीलकण्ठ नगरपालिका बालुवाखानी बस्ने सिन्धुली दुधौली नगरपालिका–१२ घर भएका ३९ वर्षीय लालबहादुर घिसिङ रहेका छन् ।

साथै यसरी लुटिएका सुनका गरगहनाहरू खरिद गरेको आरोपमा पनि एक जना पक्राउ परेका छन् । खोटाङको मझुवागढी नगरपालिका–१४ घर भई भक्तपुर लोकन्थलीमा बस्ने ३९ वर्षीय भक्तबहादुर गदाल विक छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।यो समूहले नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी तथा लुटपाटमा गर्दै आएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसी बताए ।प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जना पीडितहरूलाई नक्कली सुनलाई सक्कली सुन हो भन्दै लुटपाट गरेको खुलेको छ ।सक्कली सुन भन्दै नक्कली सुन छाडी पीडितहरूसँग भएको सुनका गरगहनाहरू तथा नगद समेत ठगी गरी फरार भएको प्रहरीले बताएको छ ।

उनीहरूले आफूसँग साउदी रियाल तथा अन्य देशका मुद्राहरू छ भनि बजार मूल्य भन्दा धेरै कम मूल्यमा दिन्छु भनि विभिन्न प्रलोभन देखाई झुक्यानमा पारी पीडितले सटही गर्न भनि लिएर आएको नेपाली रुपैयाँ लुटपाट गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेंलो धातु १७ ग्राम ६ सय मिलिग्राम, ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का ४ थान र ना ५७ प १५१६ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टस जितेर कर्णाली याक्सले बलिङ गर्दै
टस जितेर कर्णाली याक्सले बलिङ गर्दै
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
भिरमा युवकको शव फालिएको अवस्थामा फेला
भिरमा युवकको शव फालिएको अवस्थामा फेला
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
निर्वाचन हुन्न कि भन्ने शंका नगर्नू, भ्रम नछर्नू: गृहमन्त्री
निर्वाचन हुन्न कि भन्ने शंका नगर्नू, भ्रम नछर्नू: गृहमन्त्री
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !
त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ
रविले ज्ञानेन्द्र शाहीलाई भने– धोका होइन, कयौं सहकार्य बाँकी नै छ