धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै
सारांश
- धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् ।
- गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् ।
- बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
११ असार, काठमाडौं ।
धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् । गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् ।

बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डाम विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सहप्रवक्ता थापाले जानकारी दिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया